दाङमा समानुपातिक तर्फ पनि एमाले अघि,क्षेत्र नम्बर २ को मतगणना सकियो

बसन्त परियार, तुलसीपुर २६ मंसीर ।
दाङमा प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक तर्फको मतगणना जारी रहेको छ । अहिले क्षेत्र नम्बर १ र ३ मा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । क्षेत्र नम्बर २ मा भने मतगणना सकिएको छ । जसमा एमाले अगाडी रहेको छ । दाङ क्षेत्र नम्बर २ को मतगणना सकिदा प्रतिनिधि सभा तर्फ एमाले लाई २२ हजार ८ सय ६९ मत प्राप्त भएको कार्यालयका सुचना अधिकारी गेहेन्द्र कवंरले जानकारी दिनुभएको छ ।

कांग्रेसलाई २२ हजार ९२ , नेकपा माओवादीलाई १७ हजार ५ सय ९४ मत प्राप्त भएको छ । त्यसैगरी प्रदेश सभा तर्फको समानुपातिकमा पनि एमाले अघि छ । प्रदेश सभा क तर्फ एमालेको ९ हजार ७ सय २७, काग्रेसको ९ हजार ३ सय ६५ , माओवादीको ९ हजार ४ सय २७ मत आएको छ । प्रदेश सभा ख तर्फ एमालेको १२ हजार ३ सय ८५ ,कांग्रेसको ११ हजार ३ सय ५०, माओवादीको ७ हजार ५ सय ९७ मत छ । सुचना अधिकारी कंवरका अनुसार आज बेलुकि सम्म सवै क्षेत्रको परिणाम सार्वजनिक हुने छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया