रोल्पामा सुमो गाडि दुर्घटना हुदा ६ जना घाईते

सांकेतिक तस्विर

तुलसीपुर,२३ साउन । रोल्पामा सुमो गाडि दुर्घटना हुदा ६ जना घाईते भएका छन । सोमबार दिउँसो पौने एक बजेको समयमा रोल्पा नगरपालिका १ भदौरे मन्दिर नजिकै भालुबाङ लिबाङ सडक खण्ड अन्र्तगत बुटवलबाट लिबाङ तर्फ जादै गरेको भे. १ ज ७७१ नंम्बरको सुमो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते हुनेमा रोल्पा नगरपालिका ९ ह्वामा बस्ने २६ वर्षीया दिबिसा बुढा, सोहि ठाउ बस्ने ३१ वर्षीय कमल प्रसाद बुढा मगर, सोहि नगरपालिका ७ माडिचौर बस्ने २८ वर्षीया भिमलि घर्ति मगर, गंगादेब गाउपालिका ७ जायचौर बस्ने २४ वर्षीय नरेन पुन मगर, रोल्पा नगरपालिका.–३ खुमेल बस्ने ३४ वर्षीया संगिता परियार र सोहि ठाउँ बस्ने ३४ वर्षीय पर्शुराम परियार रहेका छन ।

घाइते मध्य दिबिसा बुढा,कमल प्रसाद बुढा,भिमली घर्ती मगर,नरेन पुन मगर डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ । अन्य घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडि र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । गाडि ओरालो बाटोमा अनियन्त्रित भइ अन्दाजी १० मिटर तल खस्दा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार
प्रतिक्रिया