रुकुम,२५ मंसीर ।
मंसिर १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा मतदानको समानुपातिक तर्फको मतगणना सकिएको छ । रुकुम पश्चिममा प्रतिनिधि सभा र प्रदेश सभा तर्फ पनि समानुपातिकमा माओबादी केन्द्र पहिलो भएको छ । प्रतिनिधि सभा तर्फ माओबादी केन्द्रले २७ हजार ६१ मत प्राप्त गरेको छ । यसै गरी नेपाली कांग्रेसले १४ हजार ५५ र नेकपा एमालले ७२४६ मत प्राप्त गरेको सहायक निबार्चन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो ।
यस्तै नेकपा मालेले ४ सय ६१ र नयाँ शक्तिले ३ सय १५ मत प्राप्त गरेको छ । प्रतिनिधि सभा तर्फ कुल खसेको ५४८४३ मत मध्य ४९१६ मत बदर भएको निबार्चन अधिकृतको कार्यालयले जनाएको छ । कुल सदरमत ४९ हजार ९२७ रहेको छ । यसै गरी प्रदेश सभा तर्फ पनि माओबादी केन्द्रले २५ हजार ४९३ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १३ हजार १५ र नेकपा एमालेले ६ हजार ८ सय ४६ मत प्राप्त गरेको छ । यसै गरी गरी साना दलहरुले पनि थोरै मत प्राप्त गरेका छन् ।
प्रदेश सभा तर्फ पनि कुल ५४ हजार ८४३ मत खसेको थियो । त्यस मध्य ८ हजार २ सय ४४ बदर भएको थियो भने ४६ हजार ५ सय ९९ मत सदर भएको थियो ।।