प्रतिनिधिसभा तर्फ ९८ स्थानको नतिजा आयो, कस्ले कति स्थान जिते ?

काठमाण्डौं,२४ मंसीर ।

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुनेतर्फ नेकपा एमालेका उम्मेदवार ५७ स्थानमा विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार २४ स्थानमा र नेपाली काँग्रेसका उम्मेदवार १३ स्थानमा विजयी भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा आफ्ना प्रतिद्वन्द्वी खगराज भट्टभन्दा झण्डै ७ हजार मत अन्तरले जित्नुभएको छ ।

तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने पराजित हुनुभएको छ । उहाँले एमालेका कृष्णकुमार श्रेष्ठभन्दा ७ हजार कम मत पाउनुभएको छ । झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी हुनुभएको छ । ओलीले ५७ हजार १ सय ३९ मत पाउनुभएको छ भने उहाँका प्रतिस्पर्धी खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

संघीय समाजवादी फोरम नेपालका उम्मेदवारले ४ स्थानमा जितेका छन् । राष्ट्रिय जनता पार्टी नेपालले ३ स्थानमा जितेको छ । अन्य दलका उम्मेदवारले ३ स्थानमा जितेका छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया