‘हेविवेट’ नेतालाई हराए हिराचन्द्रले

तुलसीपुर,२४ मंसीर ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका हिराचन्द्र केसी विजयी भएका छन । उनी ४० हजार २ सय ८७ मतका साथ विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका दिपक गिरीले ३३ हजार ७ सय ३० मत प्राप्त गरे।

एमाले नेता केसीले गिरी भन्दा ६ हजार ५ सय ५७ मत बढि प्राप्त गरेका छन । केसी एमालेका जिल्ला सचिब हुन भने गिरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाईमन्त्री हुन।

प्रकाशित मिति : २०७४ मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया