दाङमा एक प्रतिनिधि सभा र चार प्रदेशमा वाम गठबन्धन विजयी

मंसीर २३ तुलसीपुर,
दाङमा एक प्रतिनिधि सभा र चार वटा प्रदेश सभामा वाम गठबन्धन विजयी भएको छ । दाङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार तथा उपप्रधानमन्त्री कृष्णबहादुर महरा विजयी भएका हुन् । महराले नेपाली कांग्रेसका प्रतिद्धन्द्धी राजु खनाल भन्दा १३ हजार ९ सय १३ मतको फराकीलो अन्तरले हराउदै विजयी भएका हुन् । महराले ३९ हजार ९ सय ५९ मत प्राप्त गर्दा खनालले २६हजार ३६ मत ल्याएका थिए ।
क्षेत्रनम्वर २ ‘क’ प्रदेश सभा उम्मेदवार एमाले नेता शंकर पोखे्रल भारी मतले विजयी भएका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री पोख्रेलले ९५४२ मतको फराकिलो मत अन्तरले विजय हासिल गरेका हुन् । पोख्रेलले २० हजार ७ सय ११ मत ल्याएका थिए भने कांग्रेसका कमल किशोर घिमिरेले ११ हजार १ सय ७९ मत ल्याएका थिए ।

त्यस्तै क्षेत्रनम्वर १ ‘ख’ प्रदेश सभामा पनि गठबन्धनले विजय हासिल गरेको छ । गठबन्धनका उम्मेदवार एमाले नेता रेवतिरमण शर्मा ६ हजार ६ सय १ मतको फराकिलो अन्तरले बिजय भएका छन् । शर्माले १९हजार ३ सय ५४ मत ल्याएका छन् भने कांग्रेसका जानकिलाल बस्नेतले १२७५३ मत ल्याएका थिए ।
त्यस्तै निर्वाचन क्षेत्र नं ३ को ‘ख’ मा पनि वाम गठबन्धनकै उत्तर वली विजयी भएका छन् । वलीले २३ हजार ९ सय ७० मत प्राप्त गर्दा नेपाली कांग्रेसका बुद्धिराम भण्डारीले १७ हजार पाँच सय ६३ मत ल्याएका थिए ।

 

 

प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया