प्रतिनिधिसभातर्फ ३४ क्षेत्रको मतपरिणाम आयो,कुन दलको कति जित ?

काठमाण्डौं,२३ मंसीर ।

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको केहीबेर अघिसम्म प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ५६ वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको सूचना व्यवस्थापन शाखाका अनुसार यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभातर्फ १ जना महिलासहित ३४ जना निर्वाचित भएका छन् ।

यसैगरी, प्रदेशसभातर्फ दुई जना महिला उम्मेदवारसहित ५६ जना निर्वाचित भएको जानकारी प्राप्त भएको छ । प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतगणनाको अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी सिट जितेको छ । उसले २३ स्थानमा जित हासिल गर्दा नेकपा माओवादी केन्द्रले ६ स्थानमा जित दर्ता गर्नुभएको छ ।

नेपाली कांग्रेसले भने अहिलेसम्म ५ स्थानमामात्र जित निकालेको छ । एक स्थानमा भने स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ ।।

प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया