दुई नम्बर क्षेत्रको ‘ख’ प्रदेशमा डांगी विजयी

दाङ, २३ मंसिर ।

दाङ क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट नेकपा एमालेका नेता तथा बाम गठबन्धनका उमेदवार अमरबहादुर डाँगी विजयी भएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उमेदवार डाँगीले करिव आठ हजार मतान्तरले विजयी भएका हुन् ।

अमरबहादुर डाँगीले २१ हजार चार सय ५० मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिष्पर्धी भरतबहादुर न्यौपानेले १३ हजार एक सय ९० मत ल्याएका छन् । योसंगै दाङमा विजयी हुने डाँगी दोस्रो उमेदवार बनेका छन् । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा ३८ हजार दुई सय २५ मत खसेको थियो । उक्त क्षेत्रमा ५७ हजार एक सय ७० जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया