तुलसीपुर,२३ मंसीर ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेलको विजय भएका छन । दाङ क्षेत्रनम्वर २ को प्रदेश सभा १ का बाम गठबन्धनका उम्मेदवार पोख्रेलले २० हजार ६ सय ९४ मत ल्याई विजयी भएका हुन। उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १ सय ६९ मत ल्याए ।
विजयी भएपनि आधिकारीक रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले केहिवेरमा घोषणा गर्दै छ । यता विजय भएपछि विजय जुलुसको तयारी थालिएको छ । उत्साहित भएका बाम गठबन्धनका नेता कार्यकर्ताहरु विजय जुलुसको तयारीमा जुटेका छन् । बाम गठबन्धनको तर्फबाट मुख्य मन्त्रीका रुपमा प्रस्ताव गरिएका पोख्रेलको विजयमा सिंगो दाङबासीहरु उत्साहित भएका छन् ।
प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार