शेखरलार्इ पछार्दै लालबाबु पंडित विजयी

काठमाडौं । मोरङ ६ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका नेता लालबाबु पंडित विजयी हुनु भएको छ । पंडित ३३ हजार ९ सय ४१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेखर कोइरालाले ३३ हजार २ सय ६६ मत ल्याउनु भयो । पंडित जम्मा ६ सय ७५ मतान्तरले विजयी हुनुभएको हो ।

प्रकाशित मिति : २०७४ मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया