गरिब तथा विपन्नको सहारा बन्दै ११ का वडाध्यक्ष रावत

तुलसीपुर, १० साउन । तुलसीपुर उपमहानगरपालिका–११ का वडा अध्यक्ष मान बहादुर रावत पछिल्लो समय गरिब तथा विपन्न वर्गको सहारा बन्नु भएको छ । खेतमा कुलो पुगेन । कसैको घर वा गोठ भत्क्यो । कोहि बि

रामी भयो अथवा अपातविपत आइलाग्यो र खबर पाउने बित्तिकै जस्तो सुकै महत्वपूर्ण काम भएपनि वडा अध्यक्ष रावत दौडिहाल्नुहुन्छ । बिहान उठेदेखि साँझ नहुँदासम्म उहाँ जनताको बैशाखी जस्तै गरेर सहयोगी बन्दै आउनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका–१९ वडा मध्य ११ का वडा अध्यक्ष रावत समाजिक कामको दृष्टिकोणले सबै भन्दा अग्रपंक्तिमा देखिनुहुन्छ । रत अध्यक्ष रावतले वाहीवाही पाउनु पाएको छ । यस्तै काम मध्य व्यसहारा बिहीन ४ दिनकी सुत्केरीको लागि पनि अध्यक्ष रावत भगवान जस्तै भएर प्रकट हुनुभयो ।

मंगलबार सोही वडाको बेलटाकुराको बबई नदि जाने ओरोलामा खरले छाएको एउटा सानो झुपडीमा सुत्केरी भएकी भिमा वलीको घरमा खाने अन्नको दाना नभएको सुचना पाएपछि अध्यक्ष रावतका सहयोग हात अघि बढे ।

श्रीमान बसन्त कुमाल पैसा कमाउन मजदुरीको लागी भारतमा गएको र चार दिनको सुत्केरीलाई खुवाउने देखि  स्याहार गर्ने समेत कोहि नभएपछि रावतले केहि नगद सहित दाल, चामल, नुन, तेल, कपडा, अण्डा, लिएर घरमा पुग्नु भयो ।
अध्यक्ष रावतको अग्रसरमा उरहरी बजारमा नगद १७ हजार सहित खाद्यन्न संकलन गरेर अध्यक्ष सहितको  टोली घरमै पुगेपछि अहिले उहाँको गाउँघर, सहर बजार तथा समाजिक संजालमा चर्चा सुरु भएको छ ।

वडा अध्यक्ष रावतले वडाको अभिभावको हैसियतले कुनै ठूलो काम नभइ गर्नुपर्ने कर्तव्य मात्र पुरा गरेको बताउनुभयो । सो अवसरमा वडा सदस्यहरु यज्ञ बहादुर बस्नेत,प्रभा परियार तिलकराम थारु, बुद्धिजिवी, स्थानियको सहभागिता रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको सहजिकरण उरहरी बजार समितिका सचिव डेग बहादुर डिसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार
प्रतिक्रिया