बामगठबन्धन ६ स्थानमा विजयी,४६ ठाँउमा अग्रता लिदा कांग्रेस तीन ठाउमा मात्रै

तुलसीपुर,२२ मंसीर ।

मुलुकभरमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो विवरण अनुसार प्रतिनिधिसभातर्फ नेकपा एमालेले ५ स्थानमा जित हासिल गरेको छ भने २९ स्थानमा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्र एक स्थानमा जित हासिल गरेर १७ स्थानमा अग्रता कायम राखेको छ । प्रतिनिधिसभातर्फ काँग्रेसले तीन स्थानमा अग्रता लिएको छ भने राजपाले दुई स्थानमा अग्रता कायम राखेको छ । प्रदेशसभातर्फको पनि मतगणना जारी रहेको छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया