दाङ, मंसिर २२ ।
दाङमा हिजो भएको प्रतिनिधी र प्रदेश सभाको मतगणना सुरु भएको छ । घोराही स्थित पद्यमोदय उच्च मावि भरतपुरमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । पहिलो चरणमा प्रतिनिधी सभा दाङ क्षेत्र नं. २ को मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका तीन वटा निर्वाचन क्षेत्रको मतगणना सुरु गर्न थालिएको छ । प्रतिनिधी र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतगणना सकिएपछि समानुपातिको मतगणना सुरु गरिने उहाँको भनाई छ ।
प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार