तुलसीपुरको शिब मन्दिरमा भत्तजनको भिड फोटो फिचर

तुलसीपुर, २ साउन । आज साउन महिनाको पहिलो सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ । दाङ सहित आज बिभिन्न शिबालय मन्दिरमा भत्तजनहरुको भिडभाड लाग्ने गरेको छ । यस्तै तुलसीपुर ७ मा रहेको शिब मन्दिरमा पुजा गर्ने भत्तजनको भिडभाड लागेको छ।

ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ । त्यसैले यो दिन उनको आराधना गरिन्छ। आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया