४५ जिल्लामा मतदान सुरु,दाङमा तीन लाख बढिले मतदान प्रक्रियामा भाग लिदै

बसन्त परियार,तुलसीपुर २१ मंसीर ।
दाङ लगायतका ४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरु भएको छ । निर्वाचनका लागि दाङमा ८१ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् । प्रतिनिधि सभा सदस्यको ३ सिट र प्रदेश सभा सदस्यका ६ सिटका लागि ८१ जना उम्मेदवारको भविष्यको फैसला जनताले आज गर्दैछन ।

तीन निर्वाचन क्षेत्र रहेको दाङमा १ लाख ७२ हजार ८ सय ३३ महिला , १ लाख ६६ हजार १ सय १८ पुरुष र २ तेस्रो लिङ्गी मतदाता गरी ३ लाख ३८ हजार ९ सय ५३ मतदाताले निर्वाचनमा भाग लिदैछन्। प्रतिनिधि सभा तर्फ राजनितिक दल र स्वतन्त्र गरी ३० जना उम्मेदवार चुनावी मैदानमा छन । जसअन्र्तगत निर्वाचन क्षेत्र नम्बर १ मा दलवाट ८ जना र स्वतन्त्रबाट ३ जना गरी ११ जना,निर्वाचन क्षेत्र नम्बर २ मा दलवाट ८ र स्वतन्त्रबाट १ जना गरी ९ जना तथा निर्वाचन क्षेत्र नम्बर ३ मा दलवाट ७ जना र स्वतन्त्र बाट ३ जना गरी १० जना उम्मेदवारहरु प्रतिस्पर्धामा रहेका छन । त्यसैगरी प्रदेशसभा तर्फ ५१ जना उम्मेदवार चुनावि मैदानमा छन ।

जसमा क्षेत्र नम्बर १ को क,मा दलबाट ७ जना र स्वतन्त्र १ जना गरी ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन । यसैगरी प्रदेश ख, मा दलवाट ९ जना र स्वतन्त्र १ जना गरेर १० जना उम्मेदवार रहेका छन । यस्तै निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश क, मा दलवाट ७ जना र स्वतन्त्र २ जना गरी ९ जना र प्रदेश ख, मा दल बाट ८ र स्वतन्त्र १ जना गरी ९ जना उम्मेदवार रहेका छन । त्यसैगरी ३ नम्बर निर्वाचन क्षेत्रको प्रदेश क, दलवाट मा ८ जना उम्मेदवार छन यहा स्वतन्त्र उम्मेदवार छैनन्। यस्तै प्रदेश ख, दलवाट ६ जना र स्वतन्त्र १ जना गरी ७ जना उम्मेदवार छन ।
महिला उम्मेदवार थारै
प्रतिनिधि सभा र प्रदेश सभा तर्फ महिला उम्मेदवार थारै रहेका छन । प्रतिनिधि सभा तर्फ ४ जना महिला उम्मेदवार र २६ जना पुरुष उम्मेवार रहेका छन । यसैगरी प्रदेश सभा तर्फ पनि ४ जना महिला र ४७ जना पुरुष उम्मेदवार रहेका छन । जम्मा ८ जना महिला उम्मेदवारहरु मैदानमा छन्।
३ नम्बरमा बढी मतदान केन्द्र
दाङ जिल्लामा रहेका तीन निर्वाचन क्षेत्र मध्ये सबैभन्दा बढि मतदान केन्द्र ३ मा रहेका छन । यस क्षेत्रमा ५३ मतदान स्थल रहेका छन भने १ सय ३७ मतदान केन्द्रहरु रहेका छन । यस क्षेत्रको प्रदेश क, मा ५३ हजार १ सय ८५ र ख मा ६५ हजार ८ सय २ मतदाता रहेका छन । यस्तै निर्वाचन क्षेत्र नम्बर १ मा ५० वटा मतदान स्थल रहेका छन ।

जसमा १ सय २९ वटा मतदान केन्द्रहरु छन । यस क्षे क्षेत्रको प्रदेश क, मा ५८ हजार ३ सय ९६ मतदाता रहेको र प्रदेश ख मा ५२ हजार ७ सय मतदाताहरुले रहेका छन । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा ४८ वटा मतदान स्थलमा १ सय २८ वटा मतदान केन्द्रहरु रहेका छन । यस क्षेत्रको क, मा ५१ हजार ७ सय मतदाता छन भने प्रदेश ख मा ५७ हजार १ सय ७० मतदाता रहेका छन ।

फोटो : दशरथ घिमिरे

प्रकाशित मिति : २०७४ मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया