तुलसीपुर, मंसीर २० । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले विहिवार हुने दोश्रो चरणको मतदान प्रक्रियामा उत्साहजनक तवरले सहभागि हुनका लागि सम्पूर्ण नगरवासीहरुलाई आव्ह्वान गर्नुभएको छ । नगरप्रमुख पाण्डेले वुधवार एक विज्ञप्ती जारी गरेर मतदान गर्न पाउनु लोकतन्त्रमा जनताले पाएको महत्वपुर्ण अधिकार भएकाले सवै जनतालाई विवेकपूर्ण र संयमित तवरले मतदान गर्नका लागि पनि आव्ह्वान गर्नुभएको छ । उहाँले विज्ञप्तीमा मुलुक परिवर्तनको नयाँ मोडमा आइपुगेकाले विकास, समृद्धि र स्थायित्वको लागि यसपटकको निर्वाचनले महत्वपूर्ण भुमिका खेल्ने कुरा पनि उल्लेख गर्नुभएको छ । जनताले स्वतन्त्रतापूर्वक मतहाल्ने अधिकारको रक्षा गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाका तर्फबाट भुमिका निर्वाह गर्न तयार भएको समेत उल्लेख गरिएका्े छ ।
प्रकाशित मिति : २०७४ मङ्सिर २० गते बुधवार