आज पनि मतदाता परिचय पत्र बाडिदै

तुलसीपुर,२० मंसीर ।
दाङका ३ सय ९४ मतदान केन्द्र बाट र्कमचारीहरुले आज पनि मतदाता परीचयपत्र वाडिरहेका छन । यो क्रम आज दिन भर चल्ने छ । निर्वाचन सम्पन्न गर्नका लागि आवस्यक मतपत्र सहित ६४ प्रकारका सामग्रि सहित मतदान केन्द्रमा कर्मचारीहरु र सुरक्षाकर्मिहरु खटिएका छन ।

थपिएका नँया मतदाता र गएको स्थानिय तहमा नलिएका मतदाताहरुको परीचय पत्र सम्वन्धीत मतदान केन्द्रबाट वितरण भैरहेको छ । परीचयपत्र लिन आएका मतदाताहरुलाई मतदानस्थलमा मतदान गर्र्ने तरिका सिकाउने व्यवस्था समेत रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाता शिक्षाका लागि पर्याप्त समय नहुँदा र दुई तहको निर्वाचन एकै पटक गर्न परेकाले कतिपय मतदातामा मतदान विधिबारे भएका अन्योल मेट्न निर्वाचन आयोगले मतदानस्थल र मतदानकेन्द्रमा मतदाता परिचयपत्र लिन आउदा वा निर्वाचनका दिन पनि मत हाल्ने तरिका सिकाउने प्रबन्ध गरेको हो ।

मतदान केन्द्रमा पनि मतदाताले सोधेमा मत हाल्ने तरिकाबारे सिकाउन स्वयंसेवक परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी विजय कार्किले बताउनुभयो ।।

प्रकाशित मिति : २०७४ मङ्सिर २० गते बुधवार
प्रतिक्रिया