
तुलसीपुर,२० मंसीर ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ प्रगतिशिल टोलमा आज मंगलवार निर्वाचन सम्वन्धि भिडियो प्रर्दशन गरीएको छ । मंसीर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनका लागी मतदाताहरुलाई निर्वाचन शिक्षा दिने क्रममा भिडियो मार्फत जानकारी गराइएको हो ।
नेपाल राष्टिय दलित समाज कल्याण संघ जिल्ला शाखा दाङको आयोजना तथा यु.एस.ए.आई.डि र आई.फेसको साझेदारीमा सन्चालित नागरिक सचेतना अभियान अन्र्तगत भिडियो प्रर्दशन गरीएको थियो । बदर मत कम होस् भन्ने उद्देश्यले मतदातालाई भिडियो मार्फत शिक्षा दिइएको हो । भिडियो प्रर्दशनमा पुरुष र महिला गरी २६ जनाको सहभागिता रहेको थियो ।
प्रर्दशनमा मतदान गर्ने तरिका,प्रतिनिधि र प्रदेश सभामा निर्वाचित हुने जम्मा संख्या,मत सदर वा बदर हुने अवस्था,मतपत्रको प्रकार ,मतपेटिका लगाएतका वारेमा जानकारी गराइएको संस्थाका जिल्ला सुपरभाईजर लक्ष्मण विश्वकर्माले जानकारी दिनु भएको छ ।
कार्यक्रममा प्रगतिशिल टोल विकास संस्थाका सचिव टिकाराम पुन,स्वर्गद्धारी टोल विकास संस्थाका सल्लाहकार ईश्वरी भण्डारी, उपाध्यक्ष पुर्ण रावल,राप्ती बबई टोल विकास संस्थाका अध्यक्ष ऋषिराज खरेल लगाएतले वोल्नु भएको थियो ।।