तुलसीपुर,२० मंसीर ।
आचार संहिता उल्लघन गर्दै कांग्रेसले पश्चिम दाङमा केहि ब्यक्तिहरुलाई रक्सी मासु खुवाएर पार्टि प्रबेश गराएको छ । मौनअवधिको समयमा पनि कांग्रेसका जिल्ला सचिव शंकर प्रसाद डाँगीको नेतृत्वले आफुलाई जर्वजस्ती रुपमा पार्टि प्रबेश गराएको घनश्याम खत्रिले बताए ।
शाँन्तीनगर गाँउपालीका २ अमुवामा गयराति बुढासहित ८/९ जनालाई टिका लगाएर पार्टि प्रबेश गराएको माओवादीका एक नेताले बताए । । यता कांग्रेसका जिल्ला सचिब डाँगीले आफ्नो पार्टिले यस्तो नगरेको बताएका छन् । मौनअवधि बारे जानकारी हुदाहुदै कस्ले यस्तो गर्ला,उनले टेलिफोनमा कुरा गर्दै भने । हिजो ५ बजेतिर नै आफु तुलसीपुर आएकोे उनले बताए ।
मौन अवधिमा प्रचार प्रसारका कुनै पनि गतिविधि गर्न पाईदैन । यदी यस्ता गतिबिधि गरेको उजुरी निर्वाचन कार्यलयमा पुगे कारवाही हुने कार्यालयले बताएको छ ।
प्रकाशित मिति : २०७४ मङ्सिर २० गते बुधवार