सल्यानमा सुरक्षा ब्यवस्था यस्तो छ

मिना बुढाथोकी, मंसिर १९ सल्यान ।
प्रतिनिधि सभा र प्रदेश सभाको बिहिवार हुन लागेको निर्बाचनका लागि सल्यानमा प्रशासनले सुिरक्षा ब्यवस्था कडा बनाएको छ । मंसिर २१ हुन लागेको दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्बाचनका दिन प्रशासनको अनुमति बिना सवारी साधन चलाउन नपाईने भएको छ ।

मतदानका दिन सुरक्षा ब्यवस्थामा असर पुग्न सक्ने भन्दै प्रशासनले सवारी चलाउन्दा पास लिनु पर्ने जनाएको हो । जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले मतदानको दिन कुनै पनि सवारी साधन समेत अनुमतिबिना चलाउन नपायृने बताउनु भएको हो ।

निर्बाचनका दिन अनुमति लिएका सवारी साधनमा पनि असम्बन्धित ब्यक्तिहरु राखेको पाईएमा वा सवारी साधनको दुरुपयोग भएको पार्यएमा अनुमति पत्र तत्काल खारेज गर्न सकिने बताईएको छ । प्रशासनको अनुमति बिना मतदानको दिन सवारी चलाएमा डिउटीमा खटिएका प्रहरीले कार्बाही गर्ने सवारी साधन पनि जफत गरी लाईसेन्स पनि रद्ध समेत गर्न सकिने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया