तुलसीपुर,१९ मंसीर ।
दाङका ३ सय ९४ मतदान केन्द्रमा र्कमचारी खटिएका छन । निर्वाचनका लागि आवस्यक मतपत्र सहित ६४ प्रकारका सामग्रि सहित मतदान केन्द्रमा कर्मचारीहरु पुगेको निर्वाचन अधिकारी विजय कुमार कार्किले जानकारी दिए । कर्मचारीहरुले १९ र २० गते मतदाता परीचयपत्र बाड्ने छन ।
थपिएका नँया मतदाता र गएको स्थानिय तहमा नलिएका मतदाताहरुको परीचय पत्र सम्वन्धीत मतदान केन्द्रबाट बाडिने उनले बताए । जिल्लामा १ सय ५१ मतदान स्थल तथा ३ सय ९४ मतदान केन्द्र तोकिएको छ ।।
प्रकाशित मिति : २०७४ मङ्सिर १९ गते मङ्गलवार