कांग्रेसले मतदाताको मर्म बुझ्दैन् : केसी

तुलसीपुर,१८ मंसीर ।

संयुक्त बामगठबन्धन दाङ निर्वाचन क्षेत्र नम्बर ३ ले बृहत घरदैलो तुलसीपुरमा गरेको छ । घरदैलो कार्यक्रममा हजारौको सहभागीता रहेको थियो । दाङ क्षेत्र नं. ३ को प्रतिनिधि सभाका उम्मेदवार हिरा चन्द्र केसी, ३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रसाद शर्मा‘अपार’सहितको घरदैलोमा हजारौको जनसागर उर्लिएको थियो । घरदैलो पछि बसपार्कमा भएको कोणसभालाई सम्बोधन गदै नेताहरुले देशमा बामपन्थी सरकार आए मात्रै जनताका सपना पुरा हुने बताएका थिए ।

प्रतिनिधि सभाका उम्मेदवार हिराचन्द्र केसीले काग्रेसले जितेकै कारण पश्चिम दाङमा विकास नभएको बताउनुभयो । जहा भ्रष्टाचार हुन्छ त्यहा विकास नहुने भन्दै कांग्रेसले जनताको मर्म नबुझेको उहाले बताउनुभयो । २०७० सालको चुनाव जितेर सांसद, मन्त्री हुदा पनि मतदाताको दिएको मतको मुल्यांकन नगरेको हुदा दाङको विकासु अव बापन्थीले गर्ने उहाले बतथाउनुभयो ।

यस्तै प्रदेश सभाका १ का उम्मेदवार जगप्रसाद शर्माँ अपारले सामन्त सोच भएको कांग्रेसले अभै पनि गरीव र दलित लाई पछि पारेको बताउनुभयो । कम्युनिष्टले दलित , गरीवलाई गर्ने ब्यवहार र कांग्रेसले गरीव तथा दलितलाई गर्ने ब्यवहार फरक भएको भन्दै कांग्रेसको सामन्ती संस्कारको अन्तय कहिल्यै नहुने उहाले बताउनुभयो ।

सभामा एमालेका जिल्ला अध्यक्ष टिकाराम खड्का,नेता शोभाराम बस्नेत,नेतृहरु शान्ता चौधरी,कोमल वली,माओवादीका कुवेर ओली,शेसुराम भण्डारी लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७४ मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया