निर्वाचन सामग्रि सहित कर्मचारी मतदान केन्द्रमा

तुलसीपुर,१८ मंसीर ।
दाङका ३ सय ९४ मतदान अधिकृत निर्वाचन सामग्रि सहित आज मतदान केन्द्रमा पुग्ने छन । मंसीर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि आवस्यक उक्त सामग्रि हिजो नै बुझाईएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचनका लागि आवस्यक मतपत्र सहित ६४ प्रकारका सामग्रि बुझाइएको निर्वाचन अधिकारी विजय कुमार कार्किले जानकारी दिए ।

मतदान केन्द्रको जिम्मेवारी पाएका सुरक्षाकर्मि सहित आज पठाईने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्मचारीहरुले १९ र २० गते मतदाता परीचयपत्र बाड्ने छन । थपिएका नँया मतदाता र गएको स्थानिय तहमा नलिएका मतदाताहरुको परीचय पत्र सम्वन्धीत मतदान केन्द्रबाट बाडिने उनले बताए । जिल्लामा १ सय ५१ मतदान स्थल तथा ३ सय ९४ मतदान केन्द्र तोकिएको छ ।

यसैविच जिल्लामा ४७ हजार ७ सय ८१ नँया मतदाता थपिएका छन । उनिहरुले पहिलोपटक चुनावमा भाग लिदैछन् । नँया मतदाता थपिएसगै जिल्लामा मतदान केन्द्र पनि थपिएको हो । गएको स्थानिय तहको चुनावमा ३ सय ५१ मतदान केन्द्र रहेकोमा अहिले ३ सय ९४ मतदान केन्द्र कायम गरीएको छ ।।

प्रकाशित मिति : २०७४ मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया