तुलसीपुर,१८ मंसीर ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणमा हुन लागेको निर्वाचनका लागि राजनीतिक दलहरूले आज मात्रै चुनावी प्रचार गर्न पाउनेछन् । आज मध्यरातबाट प्रचार गर्न नपाउने भएका कारण दलहरु अन्तीम कसरतमा छन । दलहरु गाउँदेखि बजार क्षेत्रमा चुनावी सभा र घरदैलो गरेर मतदातासँग आ–आफ्नो पक्षमा मत मागिरहेका छन् ।
यसपालीको चुनावमा सिंगो दाङ क्षेत्र नं २ मा केन्द्रीत छ । त्यहाँ प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका कृष्णबहादुर महरा र बाम गठबन्धनकै तर्फबाट प्रदेश सभा १ मा एमाले नेता शंकर पोखरेल चुनावी मैदानमा हुनुहुन्छ । त्यस क्षेत्रको प्रतिनिधी सभामा बामगठबन्धनका महरा र कांग्रेसका राजु खनालबीचमा नै प्रतिष्पर्धा हुने देखिन्छ ।
क्षेत्र नं २ प्रदेश ‘१’ मा वाम गठबन्धनका शंकर पोख्रेल र काँग्रेसका कमल किशोर घिमिरे चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । पोख्रेललाई गठबन्धनले ५ नं प्रदेशको मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ । नेता पोखरेले दाङलाई प्रदेशको राजधानी बनाउने घोषणा गर्नुभएको छ । दाङलाई प्रदेशको राजधानी बनाउन बाम गठबन्धनको जित हुनैपर्ने उहाँको भनाई छ ।
क्षेत्र नं २ प्रदेश ‘२’ बाट वाम गठबन्धनका अम्मरबहादुर डाँगी, र काँग्रेसका भरतबहादुर न्यौपाने चुनावी मैदानमा हुनुहुन्छ । दाङ क्षेत्र नं ३ मा प्रतिनिधिसभातर्फ वाम गठबन्धनका तर्फबाट एमाले दाङका सचिव हीराचन्द्र केसी र काँग्रेसका नेता दीपक गिरी चुनावी मैदानमा हुनुहुन्छ । वाम गठबन्धनका केसी यस क्षेत्रबाट काँग्रेसले जितेर पनि समानुपातिक तरीकाले विकास गर्न नसकेकाले आफ्नो जित पक्का भएको बताउनुहुन्छ ।
काँग्रेस उम्मेदवार गिरी आफूले पश्चिम दाङको विकास सांसद र मन्त्री हुँदा गरेकाले आफूले जित्ने दाबी गर्नुहुन्छ ।
क्षेत्र नं ३ प्रदेश ‘१’ मा वाम गठबन्धनका जगप्रसाद शर्मा अपार र काँग्रेसका तर्फबाट श्रमराज्यमन्त्री डिल्लीबहादुर चौधरी चुनावी मैदानमा हुनुहुन्छ । बाम उमेद्वार जनताले विकासलागी नयाँ मान्छे खोजेका विकासकालागी आफूले जित्ने अपारले बताउनुभयो । आफू सांसद र मन्त्री भएर जनताको मन जितेकाले चुनावी परिणाम आफ्नो पक्षमा आउने काग्रेस उमेद्वार चौधरी बताउनुहुन्छ ।
क्षेत्र नम्बर ३ प्रदेश सभा ‘२’ मा बाम गठबन्धनका तर्फबाट एमाले नेता उत्तरकुमार ओली र काँग्रेसका बुद्धिराम भण्डारी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । भण्डारी पूर्वसांसद हुनुहुन्छ भने ओली पश्चिम दाङका लोकप्रिय,विकास प्रेमी युवा नेताका रुपमा चिनिनुहुन्छ । बिगतमा काँग्रेसले चुनाव जितेर विकास हुन नसकेको र विकासलागी जनताले आफूलाई जिताउने उहाँको दावी छ । काँग्रेस उमेद्वार भण्डारी आफू सांसद हुँदा विकास गरेकाले आफूले जित्ने आवी गर्नुहुन्छ ।।