अपाङ्गता दिवस मनाईयो

यमकला भुषाल,१७ मंसीर ।
२६औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दाङ लगायत देशभर विविध कार्यक्रम गरी दिवश मनाइएको छ । यता दाङ तुलसीपुरमा राप्ति बहिरा सघँ र नेत्रहिन सघले एक कार्यक्रमका विच २६औँ अन्तराष्ट्रिय अपाङ् दिवस मनाएका छन । तुलसीपुर उपमहानगरपालीका ७ खर्चवामा विभिन्न खेलकुद तथा हाजिरी जवाफ प्रतियोगीता सम्पन्न गरी दिवश मनाइएको हो ।

नेत्रहिन विद्यार्थी र बहिरा विद्यार्थीहरुको बिचमा समन्वय तथा आपसी समझदार बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको राप्ति बहिरा सघँकी निर्देशक प्रतिमा शर्माले जानकारी दिनुभयो । सो अवसरमा तुलसी आवासीय विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले नेत्रहिन तथा बहिरा विद्यार्थीहरुलाइ फलफुल समेत वितरण गरेका थिए ।

दौड तथा हाजिरी जवाफ प्रतियोगीतामा प्रथम भएका लाई नगद सहित विभिन्न पुरस्कार प्रदान गरीएको पत्रकार निरला अर्याल गैरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया