तुलसीपुर – १२ का मतदाता भन्छन्,फेरी कांग्रेस लाई भोट दिएर गल्ती गर्दैैनौ

तुलसीपुर,१७ मंसीर ।
संयूक्त बामगठबन्धन तुलसीपुर १२ ले चुनावि घरदैलो जारी रह्यो । मुलुकको समृद्धिको लागि बामपन्थी सरकार आवस्यक भएकाले मतदाताहरुको घर घरमा पुगेर उनिहरुले मत मागिरहेका छन । गठबन्धनले  हरीपौरीबाट थालेको घरदैलो गरगरुवा,कचिलि र कचिलामा पुगेर समापन गरेको थियो । सो अवसरमा मतदाताहरुले विगतमा कांग्रेसलाई जिताएर भुल गरेको भन्दै यसपाली बामपन्थीलाई जिताएरै छाड्ने बताएका थिए ।

२०७० सालको चुनावमा कांग्रेसलाई जितायौं तर एकपटक पनि नफर्किएकोमा उनिहरुले दुखेसो गरेका थिए । चुनावमा मात्रै देखापर्ने नेताहरु लाई यसपाली भोट नदिने त्यहांका मतदाताले बताएका छन । निर्वाचन क्षेत्र नम्बर ३ अन्र्तगत प्रतिनिधि सभा सदस्यका उम्मेदवार हिराचन्द्र केसी र प्रदेश सभा तर्फ जगप्रसाद शर्मा अपार लाई जिताउनका लागि गरीएको घरदैलोमा वडानम्बर १२ का वडाध्यक्ष श्याम डागी,एमालेका टेकबहादुर केसी,माओवादी केन्द्रका केदार आचार्य,खगेन्द्र अधिकारी लगायतको सहभागिातमा थियो ।

प्रकाशित मिति : २०७४ मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया