विकासको लागी बामपन्थीको पक्षमा मतदान: केसी

तुलसीपुर,१७ मंसीर ।
बामगठबन्धनबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार हिराचन्द्र केसीले मुलुकको समृद्धिको लागि बामपन्थी सरकार आवस्यक रहेको बताएका छन् । खस क्षेत्रि एकता समाज दाङले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । गठबन्धन देखेर अत्तालिएको कांग्रेसले जनतामा भ्रम छरेर आफु प्यारो बन्न खोजेको बताए ।

कम्युनिष्टको सरकार आए देशनै खतरामा पर्छ भनेर कांग्रेसले जनता सामु झुठको खेति गरीरहेको उनले बताए । लोकतन्त्रको विनास बामपन्थीले होईन,कांग्रेसले गर्छ उनले भने । देश जोगाउन र भारतिय हस्तक्षेपका विरुद्ध बामपन्थीको पक्षमा मतदान गर्न समेत उनले आग्रह गरे । भारतिय नाकाबन्दीको पक्षमा बोल्ने कांग्रेसले देशका जनताको मर्म नबुझ्ने भएकाले कांग्रेसलाई भोट दिन नहुने उनले बताए ।

 

प्रकाशित मिति : २०७४ मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया