मिलन चोकमा भत्कियो कांग्रेसको गढ,३ दर्जन बढिलाई नेता पोख्रेलले प्रबेश गराए

घोराही, १७ मंसिर ।
नेपाली काग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर १५ को मिलन चोकमा तीन दर्जन बढि नेपाली काग्रेसका कार्यकता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश एकका उम्मेद्वार शंकर पोख्रेलले टिका लगाएर नेकपा एमालेमा प्रवेश गराउनुभएको थियो ।

प्रदेश सभाका समानुपातिकका उम्मेद्वार बलीभद्र राणाको विशेष पहलमा पार्टी प्रवेश गराइएको हो । कार्यक्रममा रेखा धिताल, रञ्जिता पुन, निर्मला पुन, सोनु रुचाल लगायतका प्रवेश गर्नुभएको थियो । नव प्रवेशिहरुको उचित मूल्याङ्कन गर्ने बताइएको थियो ।

फाईल तस्वीर

प्रकाशित मिति : २०७४ मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया