जनगणतान्त्रीक मोर्चाको घरदैलो जारी

तुलसीपुर,१७ मंसीर ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) निकट देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल दाङले घरदैलो अभियान लाई तिब्र पारेको छ । आफ्ना उमेदवारलाई चुनाब चिन्ह मुठ्ठी मा भोट माग्दै घरदैलो गरीरहेको जनाईएको छ । मोर्चाका क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हिरामणी पौडेल दुखी को टोलीले तुलसीपुर बजार क्षेत्र बसपार्क फुलबारी ,गोलटाकुरी ,उरहरी रजौरा कपडादेबी लगायतका क्षेत्रमा घरदैलो अभियान तथा कोण सभा गरेको छ ।

कोणसभालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका नेपाल दाङका सयोजक यम बहादुर शाहले जनगणतान्त्रीकको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । विभिन्न ठाउमा भएका कोणसभामा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उमेदवार हिरामणी पौडेल दुखीले बैदेशिक हस्तक्षेपका बिरुद्ध उभिने शक्ति शँसदमा आबस्यक भएकोले देशभक्त शक्ति लाई भोट दिन मतदातामा अनुरोध गर्नु भएको थियो । घरदैलो अभियान जारी रहेको कुरा मोर्चाका सचिब ईश्वरी प्रसाद गैरेले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया