मतदान अधिकृतहरुले आज निर्वाचन सामग्रि बुझ्ने

 

बसन्त परियार,१७ मंसीर तुलसीपुर ।

दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा तयारी तिव्र पारीएको छ । जस अन्र्तगत दाङमा पनि निर्वाचनको तयारी अन्तीम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । शनिवार निर्बाचनमा खटिने कर्मचारीहरुको नियूक्ति बाडिएको छ । आईतबार मतपेटिका लगायतका निर्वाचन सामग्रि मतदान अधिकृत लाई बुझाईने जिल्ला निर्वाचन अधिकारी विजय कुमार कार्किले जानकारी दिए ।

उनका अनुसार १८ गते सवै मतदान केन्द्रमा कर्मचारी पुग्ने छन । ‘आईतवार मतदान सामग्री बुझेर सोमवार सबै मतदान केन्द्रमा कर्मचारी पुग्नेछन’ उनले भने । कर्मचारीहरुले १९ र २० गते मतदाता परीचयपत्र बाड्ने छन । थपिएका नँया मतदाता र गएको स्थानिय तहमा नलिएका मतदाताहरुको परीचय पत्र सम्वन्धीत मतदान केन्द्रबाट बाडिने उनले बताए ।

जिल्लामा १ सय ५१ मतदान स्थल तथा ३ सय ९४ मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारीका दरले जम्मा ३ हजार १ सय ५२ कर्मचारी खटिदै छन । यसैविच जिल्लामा ४७ हजार ७ सय ८१ नँया मतदाता थपिएका छन । उनिहरुले पहिलोपटक चुनावमा भाग लिदैछन् । नँया मतदाता थपिएसगै जिल्लामा मतदान केन्द्र पनि थपिएको छ । गएको स्थानिय तहको चुनावमा ३ सय ५१ मतदान केन्द्र रहेकोमा अहिले ३ सय ९४ मतदान केन्द्र कायम गरीएको छ ।

यो चुनावमा ३ लाख ३८ हजार ९ सय ५३ मतदाता सहभागि हुने छन । जसमा १ लाख ६६ हजार १ सय १८ पुरुष, १ लाख ७२ हजार ८ सय ३३ महिला र २ जना तेस्रो लिङ्गीले चुनावमा भाग लिने छन ।

प्रकाशित मिति : २०७४ मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया