पश्चिममा कांग्रेसलाई लाग्यो धक्का, पुर्व गाविस उपसभापति सहित दुई दर्जन गठबन्धनमा प्रबेश

 

तुलसीपुर, १६ मंसिर ।

नेपाली कांग्रेस बाघमारे गाविसका पुर्व उपसभापति बाम गठबन्धनमा प्रबेश गरेका छन् । संयुक्त बाम गठबन्धनको चुनावी सभामा पुर्व उपसभापति जोखलाल खत्री नेपाली काँग्रेस परीत्याग गरी गठबन्धनमा प्रबेश गर्नुभएको हो । खत्रीसहित नयाँशक्ति बाट प्रदेशसभा समानुपातिक उम्मेदवार सिमा ओली खड्का पनि गठबन्धनमा प्रबेश गर्नुभएको हो । खत्री र खड्कालाई प्रदेशसभा सदस्यका उमेदवार उत्तरकुमार वलीले गठबन्धनमा प्रबेश गराउनुभएको हो ।

सो अवसरमा बोल्दै प्रदेशसभा सदस्यका उमेदवार वलीले पश्चिमको विकास आफुले गरेर देखाउने बताउनुभएको थियो । कांग्रेसलाई जिताए भ्रष्टाचार बढ्ने तर विकास नहुने भन्दै बामपन्थीलाई मतदान गर्न आग्रह गर्नुभयो ।

सभामा समानुपातिक उम्मेदवार पुनम सेर्पाइली, नेकपा एमालेका जिल्ला सदस्य विष्णु केसी लगायतको सहभागीता रहेको थियो । सभा बस्तीखोला र पेदीखोलामा भएको थियो ।

 

प्रकाशित मिति : २०७४ मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया