दाङ, प्रादेशिक राजधानी सबै उम्मेदवारका प्रमुख एजेण्डा

शरद रेग्मी

मंसिर २१ को निर्वाचन नजिकिँदै गर्दा दाङमा चुनावी रौनक बढेको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी सभामा प्रमुख दलका उम्मेदवारहरुले जिल्लाको विकास र प्रादेशिक राजधानी दाङलाई नै बनाउने उद्घोष गरेका छन्। कांग्रेस र बाम गठबन्धनका उम्मेदवारहरुले समग्र जिल्लाको विकास र पाँच नम्बर प्रदेशको राजधानी दाङलाई बनाउने नै आफूहरुका प्रमुख एजेण्डा भएको बताएका छन्।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णबहादुर महराले वाम गठबन्धनको बुहमतमात्रै नभएर दुई तिहाईभन्दा बढि बहुमतआउने दाबी गरेका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमाबोल्दै नेता महराले वाम गठबन्धनको बहुमतआउनेमाकुनै शंकानभएको स्पष्ट पारे। उनले थपे,“हामी साधारण बहुमतमात्रै होईन, दुई तिहाईभन्दा बढि मत ल्याएर सरकार बनाउँछौं, निर्वाचनपछि यहाँहरुले यो कुरा थाहा पाइनै हाल्नु हुन्छ।”
उनले निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्ने ठोकुवा गरे । “बाम गठबन्धनको सरकार विल्कुलबन्छ । दुई तिहाई बहुमत आउँछ । आन्तरिक तथा बाहृय पर्यवेक्षकहरुको आँकलन पनि बाहिर आएको छ, जस्तो पहिलो चरणको निर्वाचनमा ३७ मा २७ भन्दा बढि बाम गठबन्धनले जित्ने आँकलन आएको छ, अबबाकस खोल्न बाँकी छ। दुईतिहाई भन्दा बढि नै आउँछ ।”
महराले दाङ् कृष्णसेन ईच्छुक लगायतका धेरै प्रगतिशीलविचारधारा भएका नेताहरु जन्मिएको ठाउँ भएकोले बाम गठबन्धनका उम्मेद्धवारहरुलाई जनताले अत्यधिकबहुमतदिएर जिताउने समेत दाबी गरे ।
यस्तै, साक्षात्कारमा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाकालागि नेपाली कांग्रेसका उम्मेद्धवार राजु खनालले आफूले वाम गठबन्धनका उम्मेद्धवार कृष्णबहादुर महरालाई पराजितगर्ने दाबी गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमाबोल्दै उनले यस्तो दाबी गरेका हुन्। उनले भने,“मअहिलेपनिचुनावीअभियानअन्र्तगर्त जनताका घरदैलोबाट आउँदैछु, चुनावीअभियानव्यापक रुपमाचल्दैछ । यो क्षेत्रमाकांग्रेसले बाजी मार्छ, मैले बाजी मार्छु । यो लेखेर राखे हुन्छ।”
०७० को निर्वाचनमापनिआफूले उक्त क्षेत्रबाट दोब्बर मतप्राप्त गरेर विजयीहाँसिल गरेको स्मरण गराउँदै खनालले भने,“म यो ठाउँबाट डबल मतले जितेर गएको छु, पहिला मैले गरेका प्रतिबद्धताहरु पूरा गरेको छु । कांग्रेसको जनप्रतिनिधिको हिसाबले मैले धेरै कामगरेको छु। यो क्षेत्रमा मैले जतिविकासकाकार्यक्रमहरु अरु कसैले गरेको छैन्।”
उनले मुलकुमा भएको दशवर्षे जनयुद्धको कारणभएका संचरनाहरु ध्वस्तभएको गुनासो पोखे । उनले भने,“अहिले विकासको अभियान मैले सुरुवात गरको छु । यो जिल्लामा मेडिकल कलेज स्थापनाभएको छ, ३ सय बेडको अस्पताल स्तरोन्नतीभएको छ, घोराहीका सडकहरुलाई चार लेन बनाउँछौं ।”
नेताखनालले आफ्नाप्रतिष्पर्धी महरा ०६४ माचुनावजितेर गएपछि दाङएकचोटी पनिफर्केर नआएको आरोप लगाए । उनले भने,“दशवर्षपछि उहाँभोट माँग्दै हुनुहुन्छ, यो दंगालीजनताले बुझीसकेका छन्, २१ गते राम्रोसँग देखाईदिन्छन्।” उनले महरा राजनीतिक रुपमापनिअसफल नेताभएको आरोप लगाए ।
कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले आसन्न निर्वाचनमा बाम गठबन्धनले प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबी गर्नु भएको छ।
घोराहीमा रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा एवं दाङ क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क बाट बाम गठबन्धनका साझा उम्मेदवारसमेत रहेका पोखरेलले यस्तो दाबी गर्नु भएको हो।
उहाँले एमाले र माओवादी केन्द्रले भविष्यमा एउटै पार्टी बनाउने संकल्प गरेकाले कार्यकर्ता र जनता उत्साहित भएको बताउनु भयो। उहाँले बाम गठबन्धनभित्र पार्टीको नीति र सिद्धान्तबारे कुनै विवाद नरहेकाले चुनाव लगत्तै एकता हुने बताउनुभयो।
बामगठबन्धन समाजवादकै पक्षमा रहेको दाबी गर्दै पोखरेलले कांग्रेस आफ्नो आदर्शबाट च्यूत भएको आरोप लगाउनु भयो। उहाँले आसन्न निर्वाचनमा जनताले कांग्रेसलाई इतिहास बनाउने दाबी गर्नुभयो। पोखरेलले आफ्नो जित सुनिश्चित भएको पनि बताउनु भयो।
पोखरेलले पाँच नम्बर प्रदेशको राजधानी दाङ बन्ने दाबी पनि गर्नु भयो। विगतमा राजनीतिक अस्थिरताका कारण अपेक्षित विकास हुन नसकेको बताउँदै उहाँले अबको १० वर्षमा औसत विकसित राष्ट्रको रुपमा पु¥याउने दाबी गर्नु भयो।

यसैगरी तुलसीपुरमा आजै आयोजित साक्षात्कारमा दाङ्ग क्षेत्र नं ३ वाट लोकतान्त्रीक गठवन्धनका साझा उम्मेद्वार तथा कांग्रेस नेता दिपक गिरीले आफ्नो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट केपी शर्मा ओली नै चुनाव लड्न आएपनि पराजित गरिदिने दाबी गरेका छन् ।
उनले आफूले दाङ्गको लागि मात्रै नभएर समग्र देशकोे लागि विकासका लहर नै ल्याएको उल्लेख गरे । उनले भने,“म वीपीको एउटा चेलो भएकोले मैले दाङ्गको जनजीवन बुझेको छु ।
उनले अहिले देशव्यापी रुपमा कांग्रेसको लहर भएको बताउँदै भने,“पाँचनम्बर प्रदशेमा पनि हाम्रो पार्टीको पक्षमा व्यापक जनलहर छ । लोकतन्त्रवादीहरुको पक्षमा जनमत आउँछ, नतिजाले त्यो देखाउँछ ।”
उनले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई वाम गठबन्धन नभएर कम्युनिष्ट गठबन्धनको संज्ञा दिए । उनले थपे,“यो भित्रभित्रै चिरा परिसकेको छ । उनले आफूसँगचुनाव लड्नको लागिबाम गठबन्धनका नेताद्धय कृष्णबहादुर महरा र शंकर पोखरेल आउननसकेको आरोप लगाए । गिरीले थपे,“महरापनि आउन चाहनुभएन, शंकर पोखरेल पनि आउनुभएन, उहाँहरु डराउनुभयो, मसँगचुनाव लड्न डराउनुभएकै हो।”्
यस्तै, वाम गठवन्धनवाट प्रतिनिधी सभा दाङ्ग क्षेत्र नं. ३ का उम्मेद्वार हिराचन्द्र केसीले आफूले चुनाव जित्नेमा ढुक्क रहेको दाबी गरेका छन् ।
उनले भने,“चुनाव मैलै जित्ने हो, हामी १७ हजार मतले अगाडि छौं । जनताकाबीचमा हामी सेवाका भावले हिडिँरहेका छौं, ।
उनले दाङ्गलाई कस्तो जिल्ला बनाउने भन्नेबारे आफुहरुसँग स्पष्ट भिजन रहेको सुनाउनु भयो । उनले भने,“हामी निर्वा्चित भए दाङ्गलाई सम्पन्न शहर बनाउनको लागि काम गर्छौं, कांग्रेस सरकारमा धेरैपटक गयो, नीति तथा कार्यक्रमहरु कतिपटक ल्याउनुभयो ? उहाँहरुले म सोध्न चाहन्छु।” कांग्रेसले कहिले नीति तथा कायृक्रमहरु ल्यायो ? अलिेपनि सरकारमा कांग्रेस छ, कांग्रेसले संकल्प मात्रै गर्यो भनेको थाहा पाउन पाए राम्रो हुन्थ्यो।”
केसीले आफू कम भाषण गर्ने नेताको रुपमा चिनिने बताउँदै भने,“मुख्य समस्या भनेको भ्रष्टाचार हो । प्रत्येक योजनाहरुमा भ्रष्टाचार भएका छन् । गुणस्तरीय काम भएका छैनन् । दंगाली जनताले हामीलाई विजयी गराउनुभयो भने हामी अब आर्थिक क्रान्तिका लागि लड्दैछौं।
यस्तै, साक्षात्कारमा दाङ क्षेत्र नम्बर ३ का प्रदेश सभा क बाट लोकतान्त्रिक गठबन्धनका साझाउम्मेद्धवार रहेका डिल्ली चौधरीले निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले नै बहुमत ल्याउने र सरकार बनाउने ठोकुवा गरेका छन् ।
देशैभरि नेपालीकांग्रेसको पक्षमा व्यापक जनलहर देखिएकोले आफ्नो पार्टीले चुनावजित्नेमाकुनै शंकानभएको उनको जिकिर थियो । उनले भने,“हामीबहुमत ल्याउँछौं, २१ गतेको निर्वाचनपछि यहाँले प्रत्यक्षतर्फ ७५ देखि ८० सिट जित्दैछौं।”
उनले शंकर पोखरेललाई पाहुनाउम्मेद्धवारको संज्ञा दिए । उनले भने,“उहाँको पार्टीलाई सोध्नुहोस्, माओवादीलाई अपमानगर्नकोलागि यो गर्नुभएको हो। यो माओवादीको दाबेदार रहेको क्षेत्र हो, तर माओवादी नेतातथाकार्यकर्ताहरुलाई अपमानभएको छ।”
जनताले आफूलाई विजयी गराउँने उनको दाबीथियो । चौधरीले थपे,“नेपालीकांग्रेसलाई जिताउने लहर चलेको छ । म त पार्टीको सिपाहीहुँ, त्यसैले म अत्यधिकबहुमतल्याएर जित्दैछु।”
एमाले र माओवादी केन्द्रको वाम गठबन्धनकुनै हालतमापनि धेरै नटिक्ने उनको ठोकुवाथियो । उनले भने,“यो गठबन्धन दिगो हुन सक्दैन, हामीले त माओवादीसँगचुनावीतालमेल गरेर देखाईसकेका छौं । हामीले पनिअनुभवगरिसकेका छौं । ओली र प्रचण्डको कुकुर विरालोको झगडा हामीले हेरिसकेका छौं, उनीहरुले तल्लो स्मरतमाउत्रिएर गाली गरेको पनिहामीले देखेका छौं । झगडागर्ने पार्टीहरु अहिले केहीदिनकालागिमिलेका छन् ।”
विगतमाआफ्नै पार्टीभित्रअन्तरकलह र विवाद भएकोले कांग्रेसले सोचेको जतिमत ल्याउन नसकेपनि यो पटक पार्टीभित्र एकता भएको र कुनै पनि किसिमको कलह नभएकोले बहुमत ल्याउने उनको दाबी थियो ।

क्लबका केन्द्रीय अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा सम्पन्न चुनावी साक्षात्कार कार्यक्रमको सहजीकरण रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए।

प्रकाशित मिति : २०७४ मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया