रुकुममा हुने पुन: मतदानमा कांग्रेस सहभागी नहुने

तुलसीपुर,१४ मंसीर ।
गत आइतबार मतदान स्थगित भएको रुकुम (पश्चिम) का २ मतदान स्थल मध्य कांग्रेसले आठविसकोट नगरपालिका ११ कोे (ख) मतदान केन्द्रमा हुने पुनः मतदानमा सहभागी नहुने भएको छ । काँग्रेसले आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको भन्दै कार्यकर्तालाई नछोडिएसम्म १५ गतेका लागि तोकिएको पुनः मतदानमा सहभागी नहुने बताएको हो ।

गएको आइतबार मतदानका क्रममा कांग्रेसका तर्फबाट मतदान केन्द्रमा प्रतिनिधिको रुपमा बसेका केशववहादुर खड्काले मतपत्रमा एसिड राखेर मतपेटिकामा खसालेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।

प्रकाशित मिति : २०७४ मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया