नयाँ मतदाता भन्छन् – हाम्रो भोटले विकास ल्यावस

बसन्त परियार,१३ तुलसीपुर मंसीर ।
तुलसीपुर उपमहानगरपालीका ११ हस्नापुर निवासि २० बर्षिय विमला रावत डागी यसपालिको चुनावमा भोट हाल्न आतुर छिन। किनकि यस अघिका चुनावको अनुभव छैन उनिसंग । स्थानिय तहको चुनावमा मतदाता नामावली नहुदा चुनावको अनुभव छैन । नामावली बनाएपछि यसपाली भने यो चुनावमा सहभागि हुन पाउदा उनि खुसी छिन। गांउ ठाउको विकास गर्ने नेतालाई भोट दिने उनले मनसाय बनाईसकेकि छिन। विकासप्रेमी नेतालाई मतदान गर्ने पक्षमा आफू रहेको उनले बताइन्।

‘पार्टी हेर्ने होईन, गाउँठाउँको विकास चाहने, उम्मेदवारलाई मतदान गरी जिताउनुपर्छ, भोलि चुनाव जित्नेले पनि जनतालाई भुल्नु हुँदैन’ उनले थपिन्। यस्तै चुनावको अनुभव छैन तुलसीपुर १० नँयागाउ निवासि बर्ष ३७ का देबु वली लाई । प्राय देश बाहिर बसेकाले पनि उहालाई भोट यसबारे कुनै अनुभव छैन। तर यसपालीको चुनावमा भने भोट हाल्न पाउदा खुसी छन उनी्। भोटहाल्ने तरीका पनि सिके, आफुले चाहेको उम्मेदवार लाई भोट दिएर जिताउछु, उनले भने्।

गरीवको घरमा चुल्हो बल्दैन तर नेताहरुले भोटमा मात्रै चिन्ता गरेको पाए । चुनावमा देखापर्ने तर पछि एक पटक देखा नपर्ने लाई भोट नदिने उनि बताउछन्। वरपरका अगुवाहरुबाट नेताको चालचलन बुझेकाले पनि आफ्नो भोट विकास र समृद्धि ल्याउने नेतालाई दिने उनको भनाई छ । त्यसो त तुलसीपुर ११ वेलटाुकरा निावासि २१ सम्झना नेपाली पनि पनि उत्सक छिन् भोट हाल्नलाई । पार्टिको चासो नदिने सम्झनाले आफुले भोट दिएर जित्नेले गाउठाउको विकास गरोस भन्ने चाहना छ । यसपाली पहिलो पटक भोट दिन लागेको बताउदै उनले भनीन् जस्ले जितेपनि गाउमा विकासले फड्को मारोस ।

यसरी पहिलो पटक चुनावमा भोट हाल्ने उनिहरु प्रतिनिधिपात्रहरु हुन । उनिजस्ता धेरैले चुनावको अनुभव लिदैछन । मंसीर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागी दाङमा ४७ हजार ७ सय ८१ जना नँया मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी विजय कुमार कार्किले बताए।

प्रकाशित मिति : २०७४ मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया