६ नम्बर प्रदेशको अगुवाई सल्यानले गर्ने

मिना बुढाथोकी, सल्यान १२ मंसिर ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा बाम गठबन्धन बाट प्रदेशसभा सल्यान क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाश ज्वालाले २१ गतेको निर्वाचन पछि ६ नम्बर प्रदेशको अगुवाई सल्यानले गर्ने बताउनु भएको छ । जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ लेखपोखरामा आज सम्पन्नसंयुक्त बाम गठबन्धनको बिशाल चुनावी सभालाई सम्बोधन गर्दै उहाले सो कुरा बताउनु भएको हो ।

उहाले भन्नु भयो बाम गठबन्धनलाई जनताले अहिले विश्वास गर्ने बेला भएकोे छ । बाम गठबन्धन बाट प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार लाई आप्mनो अमुल्य मत दिएर विजयी बनाउन उहाले सबैमा अनुरोध गर्नु भयो । बाम गठबन्धनका उम्मेदवारको विजयी निश्चित रहेको भन्दै उहाले कार्यकर्तालाई कतिपनि नआत्तिकन निर्वाचनमा सहभागी हुन आग्रह गर्नु भयो ।

सल्यानका प्रतिनिधिले जिल्लाको मात्रै प्रतिनिधित्व गर्दैनन,६ नम्बर प्रदेशमा समेत अगुवाई गर्ने भएकाले ढुक्क चुनावी अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिनु भयो ।

प्रकाशित मिति : २०७४ मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया