मनिषा राई, रोल्पा १२ मंसिर ।
मंसिर १० गते रोल्पामा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको मतपेटिकाहरु सदरमुकाम लिवाङ ल्याईएको छ । जिल्लामा रहेको विकट मतदान केन्द्रका मतपेटिकाहरु हेलिकोप्टर वाट लिइएको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो ।
रोल्पाको थवाङ गाउपालिकाको साविकको मिरुल बाहेक अन्य सवै गाविसहरु, साविकको वाहिरी गाम, भित्रि गाम, उवा लगायतको मतदान कन्द्रका मतपेटिकाहरु हेलिकप्टरमार्फत लिवाङ स्थित मुऋय निर्वाचन अधिकृृतको कार्यलयमा सुरक्षित साथ राखिएको मुख्य निर्वाचन अधिकृत वासुदेव लाल श्रेष्ठले जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०७४ मङ्सिर १२ गते मङ्गलवार