प्रधानमन्त्री देउवा दाङ आउदै, तुलसीपुर र घोराहीमा कांग्रेसको चुनावी सभा

तुलसीपुर,१२ मंसीर ।

नेपाली काग्रेस दाङले दाङको तुलसीपुर र घोराहीमा हुने चुनावी सभामा उपस्थितिका लागि सवैमा अनुरोध गरेको छ । चुनावी कार्यक्रम अन्तरगत मंगलवार घोराही र तुलसीपुरमा हुने बृहत आमसभामा उपस्थितिकालागि सम्पूर्ण जिल्लाबासीहरुमा दाङ कांग्रेसले अनुरोध गरेको छ ।

नेपाली काग्रेस दाङका सभापति कितिबहादुर खड्का र सचिव शंकरप्रसाद डाँगीले सोमवार विज्ञप्ती जारी गरी नेपाली काग्रेस दाङको आयोजनामा मंगलवार दिउसो घोराही र तुलसीपुरमा हुने कार्यक्रममा सहभागि हुनकालागि सम्पूर्ण जिल्लाबाीहरुमा अनुरोध गर्नुभएको छ ।

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईराला र चुनावी प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँड लगाएतकाले सम्वोधन गर्ने कार्यक्रममा उपस्थित हुनकालागि उहाँहरुले विज्ञप्ती मार्फत काग्रेसका नेता कार्यकर्ता, भातृ संगठनका प्रमुख, सुवेच्छुक,पत्रकार लगाएत सवैमा अनुरोध गर्नु भएको छ ।

विज्ञप्तीमा दिउसो साढे १ बजे तुलसीपुरको अरनिको मैदान र घोराहीमा जिल्ला समन्वय समितिको दक्षीणतर्फ रहेको सहिद मञ्चमा हुन कार्यक्रमलाई साढे २ बजे प्रमुख वक्ता एवं कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया