उम्मेदवारलाई लक्षित गरेर दाङमा बम विष्फोट

तुलसीपुर,११ मंसीर ।

दाङमा उम्मेदवारलाई लक्षित गरेर बम विष्फोट गराइएको छ । प्रदेशसभा सदस्यका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेपाली कांग्रेस उम्मेदवार भरतबहादुर न्यौपाने चुनावि सभा सकेर फर्किदा आज बेलुका बम विष्फोट भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –१९, छिल्लिकोटबाट फर्किदा बम विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उम्मेदवार न्यौपाने चढेको गाडी भन्दा अगाडि बम विष्फोट भएको प्रहरी प्रमुख दुर्गा सिँहले जानकारी दिनुभएको छ । बम विस्पोट गराउनेको खोजि जारी रहेको र विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७४ मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया