सवै मतपेटिका सदरमुकाम आज पुग्ने

काठमाण्डौं,११ मंसीर ।
मौसम सफा भए आज बेलुकासम्म सबै निर्वाचन केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम आईपुग्ने निर्वाचन आयोगले जानकारी दिएको छ । हेलिकप्टरबाट मतपेटिका ल्याउनु पर्ने भएकाले मत पेटिका जिल्ला सदरमुका ल्याउन समय लाग्ने भएको आयोगको भनाइ छ ।

अति पहाडी तथा हिमाली क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टरको प्रयोग गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । धेरै जिल्लाका मतपेटिका सदरमुकाम ल्याईसकेको बताउँदै प्रवक्ता ढकालले मतपेटिका ओसार्ने कार्य जारी रहेको जानकारी दिनुभयो । हिजो मंसिर १० गते हिमाली तथा उच्च पहाडी ३२ जिल्ला पहिलो चरण अन्तर्गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको थियो ।

प्रकाशित मिति : २०७४ मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया