रोल्पामा ५५ प्रतिशत मत खस्यो

रोल्पा, मंसिर १० /

रोल्पामा ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ । जम्मा एक लाख २७ हजार ६ सय २९ मतदाता रहेको रोल्पामा ७० हजार ३ सय २१ मत खसेको छ । जसमध्ये ३८ हजार एक सय १८ महिला र ३२ हजार २ सय ३ पुरुष रहेको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो ।

गत असारमा भएको स्थानीय तहमा ६९ प्रतिशत मत खसेको रोल्पामा १४ प्रतिशतले कम मत खसेको हो । रोल्पाका विभिन्न स्थानमा सामान्य बम विष्फोटन गराइएको भएता पनि कुनै क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ । समग्रमा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको बताइएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १० गते आइतवार
प्रतिक्रिया