रुकुममा ६५ प्रतिशत मत खस्यो

रुकुम,१० मंसीर ।
आइतवार सम्पन्न प्रतिनिधि र प्रदेश सभाको चुनावमा पर्वी रुकुमवाट ६५ प्रतिशत मत खसेको छ । यहाँ २७ हजार नौं २८ मतदाता थिए ।
पर्वी रुकुममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाका अनुसार नौं हजार पाँच सय २८ र आठ हजार पाँच सय छ पुरुष गरि जम्मा १८ हजार ३४ मत खसेको छ ।

सदरमुकाम आसपासका १४ वटा मतदान केन्द्रका मतपेटीकाहरु आइतवार साँझ सम्म जिल्ला सदरमुकाममा आइ पुग्ने प्रमुख जिल्ला अधिरकारी सापकोटाले जानकारी दिए । पेल्मा, रन्मा, मैकोट र सिस्नेका मतदान केन्द्रवाट सोमवार हेलिकप्टेरवाट मतपेटीका सदरमुकाम ल्याउने उनले जनाए । अन्य मतदान केन्द्रका मतपेटीहरु भने पैदलवाट कडा सुरक्षा व्यवस्थाका साथ ल्याउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पश्चिम रुकुममा भने करिब ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सञ्चार सम्पर्क हुन नसक्दा एकिन प्रतिशत नआएको सहायक मुख्य निर्वाचन अधिकृत तेजप्रसाल पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर १० गते आइतवार
प्रतिक्रिया