रोल्पा र रुकुम सहित ३२ जिल्लामा मतदान सुरु

तुलसीपुर,१० मंसीर ।

प्रदेश नम्बर पाँच अन्तर्गतका तीन जिल्लामा निर्वाचन सुरु भएको छ । पश्चिमी रुकुम, पूर्वी रुकुम र रोल्पामा मतदान सुरु भएको निर्वाचन अधिकृतको कार्यालयहरूले जानकारी दिएका छन् । एउटा निर्वाचन क्षेत्र कायम भएको पश्चिम रुकुममा ८ सय ८८ कर्मचारी खटिएका छन् । जिल्लामा कुल १ सय ११ मतदान केन्द्र तोकिएका छन् । त्यहा कुल ८७ हजार मतदाता छन् ।

यसैगरी ४२ मतदान केन्द्र कायम गरिएका पूर्वी रुकुममा ३ सय ३४ कर्मचारी खटिएका छन् । यस्तै रोल्पामा ८० मतदान केन्द्र तोकिएका छन । जहा १ लाख २७ हजार ६ सय बढि मतदाता रहेका छन । रोल्पामा निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउनका लागि सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको रोल्पाका प्रहरी प्रमुख एवं डिएसपी ज्ञानेन्द्र प्रसाद फूँयालले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त सुरक्षा फौजले चुनावको सुरक्षा गर्ने र केन्द्रिय नीति अनुरुप प्रयाप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको उहाले जानकारी दिनुभयो । विपहान ७ बजे बाट सुरु भएको मतदान वेलुकि ५ बजे सम्म हुने छ ।
तस्वीर जिवन डागी

प्रकाशित मिति : २०७४ मङ्सिर १० गते आइतवार
प्रतिक्रिया