प्रमोद र भिमसेन कांग्रेसमा प्रबेश

तुल्सीपुर, ९ मंसिर ।
पश्चिम दाङको प्रसडुवामा आयोजित कांग्रेसको चुनावी कोण सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धनु राना मगर भिमसेन र राप्रपाका युवा नेता तथा क्षेत्र नम्वर ५ का अध्यक्ष प्रमोद कुमार वस्नेत, सचिव सुरेन्द्र जिसी, शान्तिनगर गाउपालिकाका उपाध्यक्ष हेमन्त डांगी, युवक संगठनका क्षेत्रिय अध्यक्ष विराज पुन कांग्रेसमा प्रवेश गरेका हुन् ।

राप्रपा युवा नेता वस्नेतको नेतृत्वमा २ सय वढि र अन्य विभिन्न पार्टि परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन । उनीहरुलाई कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक गिरी, क्षेत्र नम्वर ३ को २ तर्फका प्रदेश सभा सदस्यका उम्मेदवार वुद्धिराम भण्डारी लगायतका नेताहरुले कांग्रेसको पार्टि सदस्यता प्रदान गर्दै फुलमाला र अविर लगाएका कांग्रेसमा भित्राएका हुन् ।

यस अघि तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर ११ को वेलगनार, सुकौरा, तुल्सीपुर १२ स्थीत टरिगै, कचिला लगायतका ठांउमा पनि कांग्रेसका कोण सभाहरु सम्पन्न भएका थिए ।

प्रकाशित मिति : २०७४ मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया