दाङको विकास कांग्रेसले अलपत्र पारेको हो : केसी

तुलसीपुर,९ मंसीर ।
बामगठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रतिनिधि सभाका उम्मेदवार हिराचन्द्र केसीले अवको विकास बामपन्थीले गर्ने बताउनुभएको छ । दाङको विकास कांग्रेसले अलपत्र पारेको बताउदै बामगठबन्धनको जितले नै विकासले गति लिने उहाले बताउनुभयो । संयूक्त बामगठबन्धनले आज डुरुवा,बाघमारे लगायतका ठाउमा गरेको चुनावि सभालाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो ।

यस्तै प्रदेशसभा १ का उम्मेदवार जग प्रसाद शर्मा ‘अपार’ले देश चलाउने ड्राईभर राम्रो भएन भने दुर्घटनामा पर्ने बताएका छन् । तुलसीपुर १४ मा भएका बिभिन्न चुनाबी सभामा उहाले अब देशलाई बिकास र समृद्ध बनाएर लिनुपर्ने भन्दै त्यसका लागि सच्चा नेतृत्व चयन गर्नुपर्ने बताए ।

पछिल्लो समय देशमा भएका ब्याप्त भ्रष्टाचारी, अनियमितता जस्ता कारणले बिकास र समृद्धिको दिशातर्फ लिन नसकिएको भन्दै अब सच्चा, ईमान्दार ब्यक्तिलाई नेतृत्वमा पठाउनु पर्ने बताए । देश समृद्धिको मार्गमा हिडिरहेको भन्दै त्यसलाई सही मार्गमा हिडाउन देश चलाउने ड्राईभर पनि सक्षम हुनुपर्ने उनको भनाई थियो ।

प्रकाशित मिति : २०७४ मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया