तुलसीपुरको रानागाउँमा नमुना मतदान

तुलसीपुर, ९ मंसीर ।
तुलसीपुर ३ रानागाउँमा आज नमुना मतदान अभ्यास गरीएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचन २०७४ लाई लक्षित गरी बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान अभ्यासको आयोजना गरीएको थियो । नेपाल राष्टिय दलित समाज कल्याण संघको आयोजना तथा यु.एस.ए.आई .डि र आई फेसको साझेदारीमा साविक तुलसीपुर वडा नं. १ को वडा कार्यालय परिसरमा अभ्यास सम्पन्न भएको थियो । अभ्यासमा महिला पुरुष गरी करिव ४३ जनाको सहभागिता रहेको थियो ।

जसमा सवै भन्दा वढि मत समानुपातिक मत पत्र बदर भएको थियो भने सवै भन्दा वढि प्रदेश सभाको मत सदर भएको थियो । त्यस्तैगरी प्रतिनिधि सभाका लागी ४३ मत मध्य ४ मत बदर भएको थियो । नमुना मतदान अभ्यासमा विभिन्न राजनितिक दल,युवा क्लव र सुरक्षाकर्मीहरुको समेत उपस्थिति रहेको संस्थाका जिल्ला सुपरभाईजर लक्ष्मण विश्वकर्माले जानकारी दिनु भएको छ ।

नमुना मतदानका क्रममा मतदान अधिकृत ,दुई जना सहायक मतदान अधिकृत ,तिन थरीका मतपेटिका,तिन थरीका मतपत्र,महिला पुरुष र जेष्ठ तथा अपाङगहरुको लाईन छुट्टा छुट्टै बनाईएको थियो ।

प्रकाशित मिति : २०७४ मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया