दाङको गढवामा नमुना मतपत्र च्यातीयो

तुलसीपुर,९ मंसीर ।

दाङको गढवा गाउपलिकामा अज्ञात समुहले निर्वाचन सामग्रि च्यातिदिएका छन । गाँउपालिकाको वडा नम्बर ५ परसियामा आज मतदान गर्ने प्रक्रिया सिकाउने क्रममा नमुना मतपत्र र निर्वाचन पुस्तीका च्यातेको दाङ प्रहरीले जनाएको छ ।

उनिहरुले मतदाता शिक्षकको हातबाट खोसी तीन थान नमुना मतपत्र र तीन थान निर्वाचन पुस्तीका च्यातेका हुन । निर्वाचन सामग्री च्यात्ने समुहको खोजि तथा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७४ मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया