शान्ति सुरक्षालाई चुस्त बनाउन एआइजी पुडासैनीको निर्देशन

तुलसीपुर, ९ मंसीर

पाँच नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी अतिरीक्त महानिरीक्षक मधुप्रसाद पुडासैनीले मातहतका प्रहरी अधिकृतलाई शान्ति सुरक्षालाई चुस्त दुरुष्त बनाउन निर्देशन दिनुभएको छ । मंसीर १० र २१ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित एवम् विश्वसनिय वातावरणमा सम्पन्न गराउन मातहत जिल्लाका प्रहरी प्रमुखहरुलाई बोलाएर यस्तो निर्देशन दिनुभएको हो । कार्यक्रममा बाँके, बर्दिय, दाङ, प्युठान, रोल्पा लगाएतका प्रहरी प्रमुखको सहभागीता रहेको थियो । ६ मंसीर २०७४ मा बसेको मन्त्री परिषद बैठकले पाँच नम्बर प्रदेश प्रमुख मिङमार लामालाई सरुवा गरेपछि उनको ठाउमा पुडासैनी सुक्रबार दाङको तुलसीपुरमा आउनुभएको थियो ।
यसैगरी ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरले प्रहरी नायब उपरिक्षक पुष्पराज मल्ललाई प्रवक्ता तोकेको छ । प्रवक्ता मल्ल मार्फत नै अब सम्पुर्ण सूचानाको जानकारी प्राप्त गर्न सकिने प्रहरी निरीक्षक सुर्य थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया