कांग्रेसलाई झट्का,बेलगनारमा ५० बढि बामगठबन्धनमा प्रबेश

तुलसीपुर,८ मंसीर ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा संयुक्त बाम गठबन्धनले चुनाव प्रचारप्रसार लाई तीव्र बनाएको छ । संयुक्त बाम गठबन्धन प्रतिनिधी सभा निर्वाचनका संचार संयोजक गणेश आचार्यका अनुसार ३ नम्बर क्षेत्र अन्तरगत प्रदेश सभा ख को बेलबगानर,शान्तिनगर,पोटली र प्रदेश सभा १ को पुकार पसल लगाएतका स्थानमा चुनावी सभा भएका छन् । सभालाई सम्बोधन गर्दै बाम उमेद्वारहरुले लोकतनत्रको रक्षाकालागी आफूहरुलाई जिताउन आग्रह गरेका थिए ।
प्रतिनिधी सभा सदस्यका बाम उमेद्वार एमाले दाङका सचिव हिराचन्द्र केसीले काँग्रेसका कारण लोकतन्त्र खतरामा परेको भन्दै लोकतन्त्रको रक्षाकालगी बाम उमेद्वारहरुलाइ जिताउन आग्रह गर्नुभयो । आफूले चुनाव जिते पक्षपात नगरी सबै ठाउँको विकास समान रुपले गर्ने बताउनुभयो ।

निर्वाचन क्षेत्र नम्बर ३ ख का प्रदेशसभा सदस्य उमेद्वार उत्तरकुमार वलीले काँग्रेसले भ्रष्टाचार मौलाउने र कम्युनिष्टले जिते विकास हुने भन्दै बाम उमेद्वारलाई जिताउन आग्रह गर्नुभयो । काँग्रेका नेताहरुले बामपन्थीले चुनाव जिते लोकतन्त्र खतरामा पर्ने गलत हल्ला फैलाएको भन्दै उहाँले बामपन्थीले जिते लोकतन्त्र थप मजबुद बन्ने दावी गर्नुभयो । काँग्रेले लोकतन्त्रलाई लुटतन्त्र गराएको आरोप लगाउँदै बामपन्थीको बहुमतको सरकार बने लुटतन्त्रको अन्त्य हुने उहाँले बताउनुभयो ।

त्यसैगरी क्षेत्र नम्बर क का प्रदेश सभा सदस्य उमेद्वार जगप्रसाद शर्मा अपारले बाम उमेद्वारले जिते मात्रै लोकतन्त्र संस्थागत हुने भन्दै यसपटक बामपन्थी शक्तिलाई जिताउन आग्रह गर्नुभयो । माओवादी नेता शेषुराम भण्डारीले देश विकास बामपन्थीबाट मात्रै संम्भव भएको बताउनुभएको थियो । बेलगनारमा भएको कार्यक्रममा नेपाली काँग्रेसका सक्रिय सदस्य जनकलाल चौधरी , लालबहादुर चौधरी र प्यारी चौधरीको नेतृत्वमा ५० जना नेपाली काँग्रेसका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २०७४ मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया