कांग्रेसको प्रतिवद्धता : सल्यानको पानी दाङमा ल्याउने देखि तोरीजोन कार्यक्रमसम्म

ओपेन्द्र बस्नेत

तुलसीपुर, ७ मंसीर/   नेपाली कांग्रेस निर्वाचन क्षेत्र ३ ले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा  सल्यानको पानी दाङमा ल्याउने देखि दोघरेमा अन्तराष्ट्रिय हल निर्माण लगायतका कार्यक्रम छन् ।
स्वास्थ्य तर्फ हामीले ठूलै संघर्ष गरेर राप्ती अञ्चल अस्पतालको स्थापना वि.सं. २०६४ सालमा गरेका हांै । यतिले मात्र पुग्दैन, अहिले यहाँ दक्ष स्वास्थ्यकर्मीहरुको दरवन्दी पदपूर्ति भएको छैन, भौतिक उपकरण, ल्यावको उचित व्यवस्था एवम अत्यावश्यक भौतिक संरचनाहरुको निर्माण गर्न वाँकि छ । अहिले हामीहरु यसको स्तर उन्नतिका लागि गुरुयोजना बनाउँदैछाँै । क्वार्टर निर्माण प्रक्रियाको सुरुवात भैसकेको छ ।

त्यसैगरी समयानुकुल यसको आधुनिकीकरण गर्नका साथै विजौरीस्थित क्षेत्रीय आयुर्वेदिक अस्पताल, दोघरेस्थित राप्ती अञ्चल आयुर्वेद अस्पताल, रक्षाचौरस्थित राप्ती आँखा अस्पताल र स्वास्थ्य केन्द्रहरुको स्तरबृद्धिसगै गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने र प्रत्येक गाँउपालिकाहरुमा सर्ब सुलभ स्वास्थ्य सेवा र अनिवार्यरुपमा एम्वुलेन्स सेवा उपलब्ध गराउन हामी प्रतिवद्ध छौं ।

नेपाल सरकारले हरेक स्वास्थ्य चौकि वा हेल्थपोष्टवाट निशुल्क रुपमा वितरण गर्दै आइरहेको हालको संख्यामा वृद्धि गरि १००पुर्याउने प्रतिवद्धता व्यक्त गर्दछौ । हरेक सुत्केरी आमाको स्वाथ्यमा संवेदनशिल हुदै तत्अनुसार सुविधाको व्यवस्थाका लागि प्रतिवद्धता व्यक्त गर्दछौ ।
सडकतथा यातायात तर्फ :

नेपालमा २०४६ सालमा वहुदलीय व्यवस्था पुनस्र्थापनासंगै हामी दाङ–सुर्खेत र दाङ–रुकुम सडकको निर्माण मा लागिपरेका छांै । राप्ती राजमार्गमा कालोपत्रे भैरहेको छ । अरु स्तरउन्नति गर्ने काम भने वाँकि नै छ । दाङ–सुर्खेत राजमार्ग निर्माणाधीन अवस्थामा छ, तसर्थ आम मतदाताज्यूहरुको यी राजमार्गहरुलाई पूरा गर्नका निमित्त साथ र सहयोग अपरिहार्य छ । अपेक्षा राख्दछौ कि यी राजमार्गहरुलाई आगामी दिनमा पूर्णता दिन हामी प्रतिवद्ध छौँ ।

दाङ–सल्यानको वैकल्पिक राजमार्गको दोघरे–प्रतापकोट–मख्खनटाकुरी–सल्यानको लुहामसम्म सडक निर्माण गर्ने ।ड्ड हापुरे गँगटे–धोवाघाट हँुदै कोहलपुर जोड्ने सडक निर्माण गर्ने ।ड्ड पवननगर हेल्थपोष्ट सुन्दरादेवी मन्दिर हँुदै सल्यान जोड्ने सडक पूर्णता दिने ।ड्ड सुकौरा दाङ चरकमटिया जोड्ने सडक पूर्णता दिने ।

निर्माणाधीन सुकदेवा ववई वालापुर पवननगर हेल्थपोष्ट देवीस्थान ठाँटीगाँउ काफलठुटा हुँदै सल्यानको ढुङ्गेवगर जोड्ने सडकको निमार्ण गरि कालोपत्रे गर्ने ।ड्ड अमिलया सडक खण्डको पुकार पसलदेखि दक्षिण पूर्ब मलवार हुदै मटेरा,खौसापुर बबई पारि पन्दनपुन जनकपुर सम्मको सडक कालोपत्रे गर्ने ।ड्ड यस सडक खण्डको गुहार खोलामा पक्कीपुल निर्माण गरि सकेका छौ ।ववई नदिमा निर्माणाधिन पक्कीपुलको पूर्णता अन्तिम चरणमा छ ।

सुकौरा,चरकमटीया रणनैतिक सडकमा निर्माणाधिन मोटरेवल पुलहरु —पातुखोला,मैया खोला,चिरेगार खोला,बौला खोला यथास्रिघ निर्माण गर्ने ।ड्ड ववई नदि मोटरेवल पुलहरु —वैवाङ र गोल्टाकुरीको वाँकी जोड्ने,पञ्चकुलेको ढोलपुर र मठेउरा जोड्ने पुुल,पुरन्धाराको धोवाघाट र ठुरे जोड्ने,पुरन्धरा छहरा र अमिलावारी जोड्ने ।ड्ड पुरन्धाराको टवाङ खोलामा पुल निर्माणका काम तत्काल शुरु गर्न पहल गर्ने ।

गहतेखोला शान्तिनगर—पुरन्धारा सडक खण्डलाई स्तरबृद्धि गरि फोर ल्याण्ड बनाउने र सो सडक खण्डमा भम्के खोला,बौला खोला,च्याटी खोलामा पुल निर्माण गर्ने । ड्ड गोल्टाकुरीको कलमखोला र तुलसीपुर उपमहानगरपालीकाको कटकुईया र नँयाबस्ती जोड्न गहतेखोलामा निर्माणाधिन पुल तिब्रता दिने ।

यस क्षेत्रमा बिभिन्न नदी तथा खोलाहरुमा दर्जन बढी पक्की पुल निर्माणाधिन अबस्थामा छन् यी पुलहरुलाई दु्रत गतिमा सम्पन्न गरिने छ ।

फूलबारीको अम्बापुर,मझघटुवा हुदै सिमलखुट्टी सम्मको सडक कालोपत्रे गर्ने ।ड्ड पर्सेनीदेखि पर्यटकीय स्थल चमेरे गुफा सम्मको सडक कालोपत्रे गर्ने ।ड्ड पुरन्धारा बगाले चौतारी–दाङको उत्तरी भेगवाट रक्षाचौर आँखा अस्पताल हुँदै हापुर घोराही जोड्ने मार्ग निर्माण एवम् कालोपत्रे गर्ने ।

ववई नदीको किनारै किनार पुर्ब पश्चिम दामोदर रोडलाई पूर्णता दिने । ड्ड मलै–ढोलपुर कोर्वाङ काशीपुर, रंगैँचा जुम्लेकुला, भलानेटी, वस्तीखोला, सुन्दरादेवी सडक कालोपत्रे गर्ने ।ड्ड तुलसीपुर–सुकौरा मार्ग कालोपत्रे सम्पन्न गर्ने ।ड्ड पेदी खोला मोटरेवल पुल निर्माण,शान्तिनगर, भलानेटी बागमारे बाघखोर सडक खण्ड निर्माण गरिने छ ।ड्ड पातुखोला मोटरेवल पुल—गैरापातु र दमारगाँउ जोड्न,राना गाँउ र हरेबास जोड्न ।ड्ड

झुलुङेपुल तर्फ ः ववई नदि—  हुरुम र जलुके जोड्ने पुरन्धारा , हेकुली पदमपुर र गोल्टाकुरी जोड्ने ,पञ्चकुलेको ओदाले र कालतारा बीचमा जोड्ने , पञ्चकुलेको ओदाले र पातुखोला जोड्ने,धोवाघाट र ठुरे बीच जोड्न झुलुङे पुल निर्माण गरिने   छ ।बिभिन्न भित्री सडकहरुको कालो पत्रे,सडक नाला निर्माण र स्तरउन्नती गरिएका छ भने स्थानीय र क्षेत्रीय स्तरका विभिन्न सडक निर्माण एवम् सुधारसँगै पुल–पुलेसाहरुको निमाण गर्ने प्रतिवद्धता जाहेर गर्दछौँ ।

धार्मिक एवम पर्यटकीय क्षेत्र ः ड्ड कुनै पनि स्थानीय तहलाई राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरमा कायम गर्न र चिर परिचित बनाउन पर्यटन विकासले महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । पर्यटन क्षेत्रको विकासका लागि सडक तथा हवाई सेवाले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस क्षेत्रकै एकमात्र टरिगाउँ एयरपोर्टको स्तरउन्नति गरि नियमतीत रुपमा हवाई सेवा सञ्चालन गरिने छ । हवाई सेवालाई नियमित गराउन इन्धन डिपो स्थापना गरि सञ्चालनमा ल्याईने छ । पश्चिम दाङको सन्दर्भमा पुरन्धारा छहरा, चमेरे गुफा, सुकौराकोट, राप्ती शान्ति उद्यानको विकास गरिने छ । मिनि चिडियाखाना निर्माण गरि पर्यटकहरुलाई आकर्षति गर्ने कार्यक्रम ल्याइने छ ।ड्ड प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्रका रुपमा त्रिमुखेश्वर महादेव मन्दिर, सुन्दरादेवी भगवति मन्दिर, त्रिशिद्धेश्वरी मन्दिर,कृष्ण मन्दिर,शितलपुर शिद्धेश्वरी मन्दिर, रतननाथ मठ, भवन्तनाथ मन्दिर, बौद्ध गुम्वा, भूयाँरथान, मस्जिद, चर्चको संरक्षण र प्रर्बद्धन गरिने छ । विभिन्न जातजातीको कला संस्कृति र सभ्यता तथा इतिहास झल्काउने स्थानहरुको विकास र संरक्षण गर्न हामी पूर्णरुपमा प्रतिवद्ध छौँ ।

सिंचाईं र तटबन्ध तर्फ ः एसिया महादेशकै ठूलो उपत्यका दाङ, अन्न भण्डारको जिल्ला मानिन्छ । अन्न उत्पादनका लागि अत्यावश्यक सिंचाईं योजना लागु गर्न वास्तवमा कुशल नेतृत्वको खाँचो भएको अबस्थामा दाङ जिल्ला हालको क्षेत्र नं. ३ बाट संविधानसभा २०७० सालमा नेपाली काँग्रेसका युवा नेता दिपक गिरी,बुद्धिराम भण्डारी र समानुपातीक तर्फबाट डिल्लीबहादुर चौधरी यस क्षेत्रबाट निर्वाचित भएपछि सिंचाईलाई प्रमुख प्राथमिकतामा राखि योजना ल्याएको आमनागरिकहरुलाई जानकारी नै छ । त्यसमा पनि गिरी तत्कालीन सिंचाई मन्त्री, चौधरी श्रम तथा रोजगार राज्यमन्त्रि र निर्वतमान सांसद भण्डारीका बखतमा दाङ्गमा सिंचाईका योजनाहरु गौरवका योजनाका रुपमा सञ्चालनमा आएका छन ।  दाङ वृहत् सिंचाईंको योजना नामाकरण गरी तत्कालीन सिंचाई मन्त्रि गिरीले विशेष कदम चाल्नु भएको कुरा सर्वविदितै छ । प्युठान—रोल्पाको माडी तथा लुँग्री नदीको पानीलाई सुरुङ्ग निर्माण गरि दाङमा ल्याउने छ भने सो बाट ८० मेघावट बिद्युत उत्पादन र ५६ हजार हेक्टर जमीनमा सिचाई सेवा उपलब्ध गराईने छ ।सल्यानको शारदा नदीको पानीलाई दाङमा सुरुङ्ग खनी दाङमा ल्याउने सोबाट करिव ६ मेघावाट बिद्युत उत्पादन गरिने छ ।

दाङका सम्पूर्ण खोलालाई हाई ड्याम बाँध बाँध्ने, ताल तलैयाको संरक्षण गर्ने, पानीका मुल, मुहान, कुवाँ, इनारहरुको संरक्षण गर्ने, डिप बोरिङ (भुमिगत जलश्रोत)को विकास अन्तर्गतका झण्डै १०० वटा निर्माणाधिन अबस्था छ । त्यस्तै लिफ्ट सिंचाई गर्ने, फोहरा सिंचाई गर्ने आदि सिंचाईंको सुचारु एवम् गुरुयोजना वनाईने छ ।बर्षेनी बिनाषकारी बाढी र डुवानका कारण क्षति भएका स्थान र सम्भावित क्षेत्रमा तटबन्ध गरिएको छ र बाँकी क्षेत्रमा पूर्णता दिईने छ ।उरहरीको मोतिपुरमा तटबन्ध गरिएको छ । जसका कारण यहाँ बसोबास गर्ने नगारिकले बबई नदिनको डुवान र कटानबाट सुरक्षीत महसुस गरेका छन् ।ग्वारखोला र ववई नदिका कारण उरहरीको कचिला,कचिली र बखिरीयाको जमीन कटान र डुवानलाई सुरक्षीत गराउनेकाम सम्पन्न हुदैछ  । उरहरीको सुकौरा,सुकदेवा र बैबाङमा पातुखोला र ववई नदिको कटान नियन्त्रणका लागि पातुखोलाको कटान नियन्त्रण गरिएको छ । हलवारको पर्सेनीमा ग्वारखोलाको कटान, श्रीगाँउको बागरखोला,फुलबारीको तुईखोलाको कटान नियन्बणका लागि तटबन्ध गरिएको छ । यी स्थानको तटबन्धका कारण गत बर्षातको समयमा आएको बाढी र डुवानबाट न्यून क्षति भएको हामीले महसुस गरेका छौ ।नागरिकको संबेदनशीलतालाई ध्यानमा राखि आगामी दिनमा बिपत्त ब्यबस्थापनलाई बिशेष प्राथमिकतामा राखि तटबन्धन गरिने हाम्रो संकल्प छ ।सिंचाई तर्फ ः कृषीलाई आधुनिककरण गराउने देखि विश्व विद्यालय स्थापना गर्ने ।जैविक मल उत्पादनलाई प्राथमिका दिने । कृषि ऋण,पशुधन दुर्घटना विमाको व्यवस्थाका साथै कृषि प्रविधिलाई सहज र कम व्याजको व्यवस्थामा मिलाईने छ । तोरीको विउ उत्पादन गरी बजारीकरण गर्ने उद्देश्यले तोरी जोन कार्यक्रम लागु गरिएको छ ।
खानेपानी र मुहान संरक्षण तर्फ ःयस क्षेत्रका आम नागरिकलाई सुलभ र सहज ढंगवाट शुद्ध पिउने पानीको योजना कार्यान्वयनतर्फ नेपाली काँग्रेसले गरेका विगतका कामहरुसंगै भविष्यमा पनि यस्ता खानेपानी योजनाको पहिचान, कार्यान्वयन, मर्मत सम्भारमा निरन्तरता दिदै दाङ्ग जिल्लालाई मरभूमिबाट बचाँउन,खानेपानि र सिंचाईको सुलभताका लागि हाईड्याम निर्माणका साथै महाभारत श्रृंखलामा बृहत्तर जलाधार संरक्षण योजना एबम चुरे संरक्षण योजना लागु र कार्यान्वयन गर्ने हाम्रो बिशेष प्रतिबद्धता ।

विद्युत विकास तर्फ ःयस क्षेत्रमा विद्युतको नियमित आपूर्तिका लागि पुर्व पश्चिम राजमार्ग (१३२ के.बी) प्रशारण लाइनबाट हापुरे च्याटीखोलामा सव—स्टेशन निर्माण गरी ३३ के.बी विद्युत प्रशारण हाम्रै पहलवाट ल्याउँदै गरेको व्यहोरा यहाँहरुलार्ई जानकारी गराउँदछौं । तुलसीपुर १३  फुलबारीमा बिद्युत बिस्तारगरिएको छ ।साथै जिल्लाका बिभिन्न स्थानमा समेत बिद्युत बिस्तार सेवा गर्ने काम नेपाली काग्रेसको अगुवाईमा सम्पन्न भएका छन् । यस क्षेत्रमा विद्युत प्रशारणको सुधार एवम् विस्तार गरी आम जनतामा सहज एवम् सुलभ तरिकावाट नियमित विद्युत आपुर्ति गर्ने र सौर्य तथा अन्य नविकरणीय उर्जाको विकास गर्ने र सुविधा उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दछांै ।
शिक्षा ः मध्यम र निम्न वर्गलाई उच्च शिक्षा हासिल गर्नबाट बञ्तित हुन नपरोस् भन्ने मुलभुत उद्देश्यका साथ यस क्षेत्रको पहिलो क्याम्पस, राप्ती ववई तथा पुरन्धाराको पुरन्धारा बहुमुखी क्याम्पस नेपाली काँग्रसकै अगुवाई र प्रयासमा स्थापना गरिएको हो । स्मरण रहोस, राप्ती ववई क्याम्पसका संस्थापक अध्यक्ष हाम्रा प्रतिनिधि सभा उम्मेदवार दिपक गिरी हुनुहुन्छ । त्यसैगरी प्राथमिक तथा उच्च माध्यमिक विद्यालय स्थापना र सञ्चालनमा नेपाली काँग्रसको अहम् भुमिका रहेको छ । प्राविधिक र व्यवसायिक शिक्षामा सबैको पहुँच पुगोस् भनी सबै विद्यालयहरुलाई कम्प्यूटराइज्ड गरिने छ । साथै शिक्षाको उज्यालो ज्योतिबाट कोही कसैका बालबालिकाहरु बञ्चित हुन नपरोस, सर्वसाधारण सवैलाई शुलभ शिक्षा हासिल गर्न सकुन् भन्ने उद्देश्यले हामी अनिवार्य शिक्षाको पहुँचको मार्ग अवलम्वन गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।पश्चिम दाङ्गमा कृषी विश्वविद्यालयको स्थापना गरि जिल्लालाई कृषी हबका रुपमा बिकास गर्नेमा हाम्रो प्रतिवद्धता छ ।

खेलकुद,कला र साहित्य तर्फ ःदाङ्ग जिल्लाका युवा युवतीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा सहभागि गराई उत्कृष्ठ खेलप्रदर्शन गर्ने र दङ्गालीको शिर उचो राख्न खेलकुदको पूर्बाधार निर्माणमा बिशेष प्राथमिकता राखिने छ । त्यसका लागि तुलसीपुरको अरनिको मैदानलाई मिनी स्टेडियमको रुपमा  निर्माण गर्ने,नगरका सबै वडा र गाँउपालिकाहरुमा खेलमैदान तथा यसका लागि आवश्यक पुर्वाधारको विकास एबम कला र साहित्यको विकास र प्रर्बद्धन गर्न हामी प्रतिबद्ध छौ ।

सूचना तथा प्रविधि तर्फ ः   लोकतन्त्रमा मात्र सुचनाको हक सुनिश्चीत हुन्छ । काग्रेस बिना लोकतन्त्रको संरक्षण र सम्र्बद्धन हुन सक्दैन । आगामी प्रतीनिधी सभा र प्रदेश सभा निर्वाचनमा काग्रेसको बिजय अपरिहार्य छ ।काग्रेसले नै आम नागरिकलाई सूचनाको हकको प्रत्याभूति गराउने छ । त्यतिमात्र नभई सूचना प्रबिधिको अधिक्तम प्रयोग हुने गरि ई–मेल,ईन्टन नेटको प्रयोगका लागि सर्बसुलभ बनाईने छ । नेपाल टेलीकम,एनसिएल लगायतको सेवालाई थप प्रभाबकारी बनाईने छ ।
सुकुम्बासी तथा भूमिहिनका सम्बन्धमा किसानलाई आफ्नो हकहित कायम राख्न कसैलाई पनि भूमिहीन बन्न नपरोस् भन्ने बिशेष अभियान नेपाली काग्रेसले आफ्नो जन्मकालदेखि नै उद्घोष गरेको हो । प्रजातन्त्रको स्थापना पश्च्यात सत्तामा रहदा वा नरहदा नेपाली काग्रेसले किसानको पक्षमा आफ्नो आवज बुलन्द बनाई राखेको सबैमा छलङ्गै छ ।यसको ज्वलन्त उदाहरण हो,नेपाली काग्रेसले लिएको सुकुम्बासी समस्या समाधानको अबधरणा ।यही नीतिलाई अख्तीयार गर्दै आगामी दिनमा कुनैपनि नागरिक भूमिहीन हुने अबस्था श्रृजना नहुने गरी प्रतिबद्धता जनाउछौ ।
उद्योग र ब्यापार मुलुकको सम्बृद्धिको आधार उद्योग र ब्यापार हो । स्थानीय स्तरमा स्वरोजगार सृजनाका लागि यस बिषयलाई महत्वका रुपमा लिएको छ । ब्यबसायिक लगानीको सुरक्षामा काग्रेसले बिशेष प्राथामिकतामा राखेको छ । उद्योग,ब्यापार,ब्यबसायमा लागानी गर्ने वातावरण बनाउन “ थ्रि पी” अर्थात नागरिक र नीजि क्षेत्रको सहभागिताको अबधारणलाई कार्यान्वन गरी औद्योगिक क्षेत्रको विकासमा लगिने छ ।जिल्लामा स्थापना भएका ठुला,मझौला तथा साना उद्योग कलकारखाना,ब्यापार ब्यबसायलाई लगानीको सुरक्षा र वातावरण निर्माणका लागि भूमिका खेलिने छ ।
वातावरण तथा पर्यावरणीय संरक्षण तर्फ ।एक वडा एक पानि पोखरी निर्माण गरी पानीको सञ्चय गर्नुका साथै वातावरणीय सुन्दरताको कायम गरिने छ । पानीकोश्रोतको संरक्षण,संबद्धन र वातावरण अनुकुलनका लागि नीजि,सामुदायिक र सरकारी वन क्षेत्रलाई प्रोत्साहनमा राखि ब्यबस्थापन र बिस्तार गरिने  छ । सरसफाई तथा फोहर ब्यबस्थापन गर्न फोहरलाई मोहरमा परिणत गर्ने र त्यसका लागि योजना तथा कार्यक्रम ल्याईने छ

 

 

प्रकाशित मिति : २०७४ मङ्सिर ७ गते बिहिवार
प्रतिक्रिया