तुलसीपुरमा नमुना मतदान

यमकला भुषाल,तुलसूीपुर ४ मंसीर ।
आगामी २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा नमुना मतदाता शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । नागरिक समाज दाङका सयोजंक टिकाराम रेग्मीको अध्यक्षता एवंम तुलसीपुर उपमहानगरपालीकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अथिति पाण्डेले गएको निवार्चनमा धेरै मत बदर भएकाले आउने निर्वाचनमा आफ्नो मत आफैले सुरक्षितका साथ मतदान गर्न मतदातालाइ आग्रह गर्नुभएको छ । उहाँले आफ्नो मताधिकारको सहि सदुपयोग गर्न समेत आग्रह गर्नुभयो । जिल्ला निर्वाचन कार्यालय दाङको आयोजनामा भएको कार्यक्रममा राजनितिक दलका प्रतिनिधि,विभिन्न सघं सस्थाँका प्रतिनिधि,पत्रकार लगाएतकाको उपस्थीती रहेको थियो । जिल्ला निर्वाचन समन्वयकर्ता बेगम केसीले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका नायव सुब्बा दामोदर पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सामाजिक परिचालक नानीमैयाँ वलिले गर्नुभएको थियो । सो अवसरमा सहभागीहरुलाइ नमुना मतदान समेत गराइएको थियो ।

१ सय १५ जना सहभागीता सो मतदानमा प्रत्यक्ष तर्फ ७ वटा र समानुपातीक तर्फ २ वटा मत बदर भएको समन्वयकर्ता बेगम केसीले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७४ मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया